बारेकोट क्षेत्रमा खाद्यान्न अभाव, दसैँ मनाउन कठिन हुने उपभोक्ताको गुनासो
नजिकै आइरहेको दसैँको समयमा बारेकोट क्षेत्रमा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव भएपछि दसैँ कसरी मनाउने भन्ने चिन्ता थपिएको स्थानीयबासीले गुनासो गरेका छन् ।
नायकवाडा गाविसस्थित खाद्य संस्थानको डिपो कार्यालयमा चामल लिन पुगेका नायकवाडा गाविसका स्थानीयबासी लोकबहादुर सिंहले डिपोमा चामल नभएपछि खाली हात फर्किनु परेको बताएका छन् ।
नेपाल खाद्य संस्थानले डिपोमा असोज १९ गते चामल वितरण गर्ने खबर पाएपछि दसैँका लागि चामल लिन पुगेका सिंह चामल नपाएपछि रित्तै फर्किएका हुन् ।
‘चामल लगेर दसैँमा मासु भात खाने र घरमा आएका पाहुनालाई खुवाउने चाहना पुरा भएन ।’–उनले निराश हुँदै भने–‘घरमा दसैँको लागि लगाउने टिका बनाउनका लागि समेत चामल छैन ।
चामल नपाउँदाको समस्या सिंह जस्तै रोकायगाउँ गाविस–४ का कालीबहादुर शाहीको पनि छ । ‘घरमा खाने अन्न छैन । डिपोमा चामल पाईँदैन ।’–शाहीले भने–‘ दसैँ कसरी मनाउनु ? ।’
‘किनेर खाउँ भन्दा चामल पाइएन । कसरी दसैँ मनाउनु ?’–रामीडाँडा गाविस–४ का खगेन्द्र बोहोराले भने–‘डिपोमा मौज्दात रहेको चामल एकैछिनमा सकियो सबैले पाउन सकेनौं ।’
डिपोमा रहेको ८१ क्वीन्टल चामल एक घण्टामा सकिएको खाद्य संस्थान नायकवाडास्थित घाट डिपोका प्रमुख दिपक अर्यालले बताए । चामलको माग अत्याधिक भएपनि धान उत्पादन नहुने र ढुवानीको समस्याले गर्दा यस क्षेत्रका उपभोक्ताले प्रत्येक वर्ष खाद्य अभाव झेलिरहेको अर्यालले बताए ।
नायकवाडा, सक्ला, रामीडाँडा र रोकायगाउँलाई लक्षित गरी स्थापना गरिएको यो डिपोमा समयमा चामल ढुवानी नहुँदा खाद्य अभाव भएको स्थानीयले आरोप लगाएका छन् । ‘दसैँलाई लक्षित गरी मौज्दात गरिएको गत आर्थिक वर्षको ८१ क्वीन्टल चामल असोज १९ गते वितरण गर्दागर्दै सकियो ।’– प्रमुख अर्यालले भने । चालु आर्थिक वर्षको लागि छुट्याइएको चामल भने अहिलेसम्म ढुवानी भएको छैन ।
जुम्ला र डोल्पा जिल्लासँग सीमाना जोडिएका नायकवाडा, सक्ला, रामीडाँडा र रोकायगाउँ गाविसबाट सडक सञ्जालसँग जोडिन दुई दिन पैदल हिड्नुपर्ने बाध्यता छ । बाटोघाटो पनि जोखिमपूर्ण भएकाले खाद्यान्न ढुवानीमा निकै समस्या रहेको स्थानीय वीरेन्द्र ऐश्वर्य उच्च माविका प्राचार्य गोरखबहादुर सिंहले बताए । स्थलमार्गबाट त्यस क्षेत्रमा खाद्यान्न ढुवानी गरेर पुर्याउन निकै कठिन छ ।
बारेकोट क्षेत्रमा भएको खाद्यान्न सङ्कट टार्न र दसैँ अघि चामल ल्याउन हेलिकप्टरबाट ढुवानी एकमात्र विकल्प रहेको प्राचार्य सिंहको भनाइ छ । चार गाविसका २० हजार भन्दा बढी नागरिकलाई करिब ६ सय क्वीन्टल चामल आवश्यकता पर्ने प्राचार्य सिंहले बताए ।
चालु आवको एक हजार क्वीन्टल चामल ढुवानी अनुदानको स्वीकृत पाएर जिम्मा लिएका लक्ष्मण निर्माण सेवा तथा सप्लायर्सका प्रोपाइटर भक्तबहादुर बस्नेतले समयमा चामल ढुवानी नगर्दा दसैँको समयमा खाद्यान्न अभाव भएको स्थानीयबासीले आरोप लगाएका छन् ।
ढुवानीको जिम्मा लिएका ठेकेदारले जिल्लाबाट ५० क्वीन्टल चामल बुझेको खाद्य संस्थानले जनाएको छ । तर, सो चामल असोज १९ गतेसम्म डिपोमा नआइपुगेको खाद्य संस्थान नायकवाडास्थित घाट डिपोका प्रमुख दिपक अर्यालले बताए ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…