बाराका १४ मतदान केन्द्र संवेदनशील

बाराका ४५१ मतदान केन्द्रमध्ये सात केन्द्रलाई अतिसंवेदनशील र सात केन्द्रलाई संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा तुल्याएको राससले जनाएको छ ।

उत्तरी क्षेत्रभन्दा दक्षिणी क्षेत्रको मतदानस्थल संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए ।

अतिसंवेदनशील र संवेदनशील मानिएका मतदान केन्द्रमा मतदाताले शान्तिपूर्ण रुपमा मतदान गर्न सक्ने गरी कडा सुरक्षा व्यवस्था गरिएको उनले बताए ।

दुई उपमहानगरपालिका, चार नगरपालिका र नौ गाउँपालिका रहेको बारामा कुल ३ लाख ३५ हजार २ सय ५५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


अनलाइन डेस्क