बाम गठबन्धन र काङ्ग्रेस कार्यकर्ताबीच झडप
शैल्यशिखर नगरपालिका-३ देथलामा नेपाली काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच कात्तिक २९ गते राती झडप भएको छ ।
झडपमा परी काङ्ग्रेस कार्यकर्ता धिरेन्द्र पाल घाइते भएका छन् । घाइते पालको टाउकोमा सात ओटा टाँका लगाइएको छ । उनको उपचार गोकुलेश्वर अस्पतालमा गरिएको छ ।
झडप भएलगत्तै इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट इन्स्पेक्टर दीर्घ बोगटी नेतृत्वको टोली घटनास्थल पुगी दुवैपक्षका कार्यकर्तालाई सम्झाएपछि घटना साम्य भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ ।
यसैगरी, नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष महेन्द्र विष्टलाई कात्तिक २९ गते बेलुकी प्रहरी चौकी धापले गिरफ्तार गरेको छ ।
राति घरमै बसेको अवस्थामा अध्यक्ष विष्ट गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर लालबहादुर साउदले जानकारी दिएका छन् ।
गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार गर्न निर्देशन दिएसँगै प्रहरीले सो पार्टीका कार्यकर्तालाई गिरफ्तार गर्न सुरू गरेको इन्स्पेक्टर साउदले बताए ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…