बाबु हत्या घटनाका आरोपित गिरफ्तार

कुम्मायक गाउँपालिका-१ गैरीगाउँका ८३ वर्षीय चन्द्रमान तामाङको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जना छोरालाई पुस ४ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा ०८० पुस ३ गते बाबुको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय घनेन्द्र तामाङ र ४० वर्षीय देवेन्द्र तामाङलाई पुस ४ गते घरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

चन्द्रमान आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा रहेको खबर पुस ४ गते स्थानीयले इलाका प्रहरी कार्यालय, यासोकमा दिएपछि प्रहरीले अनुुसन्धानका आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा पुस ४ गते गरिएको छ ।

पीडित पक्षले पुस ४ गते शव बुझी कुम्मायक गाउँपालिका-१ स्थित गैरीघाटमा सद्गत गरेको छ ।


इवारा जवेगु लिम्बू