बावु आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

  ०७३ माघ १९ गते

गोठीचौर गाविस-२ नापानीका ४५ वर्षीय गोरख ऐडी र उनकी ५० वर्षीया पत्नी जयरुपा ऐडीलाई माघ १९ गते ढुङ्गाले थिचेर हत्या गरेको आरोपमा प्रहरीले ऐडीका ३० वर्षीय छोरा बीरबहादुर ऐडीलाई माघ १९ गते गिरफ्तार गरेको छ ।

सदरमुकामबाट पाँच घण्टा पैदल लाग्ने भएकोले घटनासम्बन्धी सम्पूर्ण जानकारी माघ २० गते बिहानसम्म आउने जिल्ला प्रहरी कार्यालयका डिएसपी गुरुविष्णु काफ्लेले बताए ।

घटनाबारे थप जानकारी लिन प्रहरीको टोली घटनास्थलतर्फगएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।


मानदत्त रावल