बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् ।
बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत माग गर्दै तोडफोड गरेपछि प्रहरी र बाढी प्रभावितबिच झडप भएको हो । झडपमा सशस्त्र प्रहरीका इन्स्पेक्टर जय चौधरी, एक जना वरिष्ठ हवल्दार घाइते हुनु भएको छ ।
झडपमा बाढी प्रभावित तथा आन्दोलनकारी भोक्राहा नरसिंह गाउँपालिका-५ की मालोदेवी मण्डल र तजमुल हुसेन घाइते भएका छन् । घाइते हुनुभएका सशस्त्र प्रहरी इन्स्पेक्टर जय चौधरीको गाला र घाँटीमा चोट लागेको छ । वरिष्ठ हवल्दारको गोडामा चोट लागेको छ । मालोदेवी मण्डलको टाउकामा चोट र तजमुल हुसेनको गोडामा सामान्य चोट लागेको छ । झडपमा घाइते भएका सबैको न्यूरो अस्पताल भोक्राहा उपचार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले बाढी प्रभावित भन्दा राजनीतिक प्रतिशोधका कारण प्रदर्शन गराइएको र गाउँपालिका कार्यालयमा नियोजित रूपमा तोडफोड गरिएको आरोप लगाउनु भयो । आजादले घटनापछि असोज २१ ग्ते पत्रकार सम्मेलन गरी बाढी प्रभावितहरूलाई प्रयोग गरेर र केही राजनीतिक प्रतिशोधका कारण गाउँपालिका कार्यालयमा तोडफोड गराइएको गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले बताउनु भयो ।
तोडफोडबाट गेटमा रहेको गाउँपालिकाको बोर्ड, सुरक्षा गार्ड बस्ने कोठाको झ्याल, गाउँपालिका अध्यक्षको कार्यकक्षको झ्याल, सभाहल र प्रशासन कक्षको झ्याल, प्रमुख प्रशासकीय अधिकृत कक्षको झ्यालसहित १० ओटा झ्यालमा क्षति पुगेको छ । तोडफोडबाट ३ लाख रुपियाँ बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ ।

जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…
जङ्गली च्याउ खाँदा १० जना बिरामी मध्ये एक जनाको मृत्यु
जिल्लाको व्यास नगरपालिका-३ मा जङ्गली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जङ्गली च्याउ टिपेर…