बाढी पीडित किसानहरूले क्षतिपूर्ति पाएनन्
गत असारमा बाढी पहिरोका कारण धान, गहुँ मकैमा क्षति भएपछि पीडित भएका १७ गाविसका किसानहरूले हालसम्म राज्यबाट राहत रकम पाएका छैनन् ।
बाढी पहिरोका कारण खरकडा, दत्तु, शङ्करपुर, मालिकार्जुन, भगवती, ग्वानी, लाली, डाँडाकोट, उकु, हुनैनाथ, सर्मौली, गोकुलेश्वर, देथला, रिठाचौपाता, शिखर र बोहरीगाउँमा धान गहुँ मकैमा क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ ।
रिठाचौपाताका पीडित किसान कमलसिंह बोहराका अनुसार बाढी गएको एक वर्षपुग्नै लाग्दासमेत किसानहरूले अहिलेसम्म राहत पाउन सकेका छैनन् । 'क्षतिपूर्ति दिने भनेर जिल्ला कृषि विकास कार्यालयमा विवरण पेश गर्यौँ तर सुनुवाइ भएन ।'-उनले भने ।
बाढीका कारण मात्र जिल्लामा १ सय १७ दशमलव ५ हेक्टर जमीनमा लगाएको बाली क्षति भएको थियो । बाढीपहिरोका कारण ८ सय ७७ घरधुरी प्रभावित भएका थिए । जसले गर्दा १७ 'गाविस'का किसानहरूको ९८ लाख ४२ हजार ५ सय रुपियाँको क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ ।
किसानहरूलाई क्षतिपूर्ति दिलाउन मन्त्रालय विभागमा क्षतिको विवरण पठाइए पनि क्षतिपूर्ति दिने भनेर हालसम्म कुनै बजेट विनियोजन नभएको वरिष्ठ कृषि विकास अधिकृत सूर्यप्रसाद बरालले बताए । 'क्षतिपूर्ति दिने प्रावधान भएपनि अहिलेसम्म बजेट भने आएको छैन ।'-उनले भने ।
मार्कामा परेका किसानहरूलाई थोरै भएपनि क्षतिपूर्ति दिनुपर्छ भनेर पटकपटक पहल गरेपनि सुनुवाइ नहुँदा किसानहरूले समस्या झेल्नु परेको बराल बताउँछन् ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…