बाढी पहिरोमा परी दुई जना स्वास्थ्यकर्मी बेपत्ता, खोजी कार्य जारी
मिक्लाजुङ गाउँपालिका–५ कुरूम्बामा बिरामीको उपचारका लागि जाने क्रममा दुई जना स्वास्थ्यकर्मी कात्तिक २ गते बाढी पहिरोमा परी बेपत्ता भएको साता बितेपनि उनीहरूको अवस्था सार्वजनिक हुन नसकेको पीडित परिवारले जनाएको छ ।
इलाम जिल्लाको माङसेबुङ गाँउपालिका–२ का ४३ वर्षीय सुमन राई र इलाम नगरपालिका–२ का ४७ वर्षीय ठाकुरप्रसाद याक्खा बिरामीको उपचारका लागि मिक्लाजुङ गाउँपालिका–५ कुरूम्बा जाने क्रममा बाढी पहिरोमा परी बेपत्ता भएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
इलामको माङसेबुङ गाउँपालिका–२ बाँझो स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब(वरिष्ठ स्वास्थ्य सहायक) ४३ वर्षीय सुमन राई र सोही कार्यालयमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत ४७ वर्षीय ठाकुरप्रसाद याक्खा कात्तिक २ गतेदेखि बेपत्ता भएको गाउँपालिका अध्यक्ष माखिमले बताउनु भयो ।
उपचारका लागि जाने क्रममा पति बेपत्ता भएपनि कात्तिक १० गतेसम्म उहाँको अवस्था पत्ता लाग्न नसकेको ठाकुरप्रसादकी पत्नी चित्रमाया साम्बाहाम्फेले बताउनु भयो ।
पतिले दुई ओटा मोबाइलमा चार ओटा सीमकार्ड प्रयोग गरेको भएपनि कात्तिक २ गतेदेखि बेपत्ता भएपछि टेलिफोन सम्पर्क हुन नसकेको र खोजीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरमा कात्तिक ४ गते निवेदन दिएको सुमन राईकी पत्नी रमा लिम्बूले बताउनु भयो ।
प्रहरी चौकी रवि पाँचथरका इञ्चार्ज कुशल अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै धरानबाट तालिम प्राप्त कुकुर ल्याएर सम्भावित क्षेत्रमा खोजी जारी राखिएको भएपनि हालसम्म बेपत्ता भएकाहरूको अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर डम्वर विश्वकर्माले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले स्वास्थ्यकर्मीलाई मानव अधिकार रक्षकको रूपमा परिभाषित गरेको छ ।
सहमान बिश्वकर्मा
सम्बन्धित समाचारहरू
बैंकबाट सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्रहीलाई सास्ती
बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्रहीले सास्ती व्यहोर्नु परेको छ । रोल्पाको सुनछहरी गाउँपालिकामा रहेको नेपाल एस बी आई बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको भीड लाग्ने गरेकाे छ । जिल्ला…
डेंगु रोगका बिरामी बढ्दै, अस्पतालमा ४० प्रतिशत भन्दा बढी डेंगुका बिरामी
पछिललो समय रुपन्देहीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । रुपन्देहीका विभिन्न अस्पतालहरूमा ४० प्रतिशत भन्दा बढी डेंगु रोगका बिरामी रहेको र सचेतना कार्यक्रम सञ्चालनका लागि बजेट अभाव भएको जिल्ला…
बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी
सुनकोशी गाउँपालिका–९ कटुञ्जेकी १७ वर्षीया लालीमाया (खत्री) रापचाले कटुञ्जे स्वास्थ्य चौकीको बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा साउन २२ गते दिउँसो बाटोमै नवजात शिशुलाई जन्म दिनु भएको छ । साउन २१…
पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !
भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९ साउन १८ गते केरावारी गाउँपालिका–२…