बाढी पहिरोका कारण विद्यालय बन्दः विद्यार्थीको पठनपाठनमा समस्या
सर्केगाड गाउँपालिका–१, जैरस्थित तारा आधारभूत विद्यालयमा बाढी पहिरोका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या भएको छ । नियमित परेको वर्षासँगै बढखोलामा आएको बाढी पहिरोका कारण खोला तर्न नसक्दा विद्यार्थीहरूको पठनपाठनमा समस्या भएको जैरका स्थानीय डिलबहादुर कार्कीले बताउनु भयो ।
गाउँबाट करिब तीन किलाेमिटर टाढा रहेको उक्त विद्यालय बिच भागमा पर्ने बढखोलामा पहिरो आएका कारण खोलामा लगाइएको काठेपुल बगाएपछि विद्यार्थीहरूलाई विद्यालयसम्म पुग्नलाई समस्या भएको कार्कीको भनाइ छ ।
अविरल वर्षाका कारण माथिबाट पहिरो आउने भएका कारण जोखिम मोलेर विद्यालय पठाउन नसक्ने अभिभावकहरूले बताएका छन् । खोलामा आएको बाढी पहिरोका कारण लामो समयदेखि विद्यालय नै बन्द रहेको प्रधानाध्यापक कर्मसिंह बुमीले जानकारी दिनुभयो ।
१ सय १५ जनाभन्दा बढी विद्यार्थीको सङ्ख्या रहेको विद्यालयमा हाल कक्षा ५ सम्म पठनपाठन हुने गरेको प्रधानाध्यापक बुमीको भनाइ छ । यो समय जिल्लामा नियमित रूपमा परेको वर्षाले विद्यालयमा हिँडेका विद्यार्थीहरूलाई बाटोमा निकै समस्या हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर बुढाले जानकारी दिनुभयो । उहाँले साउन १८ गते मात्रै विद्यालयमा पढ्नका लागि हिँड्नुभएकी कक्षा ३ छात्रा सानु बुढालाई माथिबाट आएको ढुङ्गा लाग्दा जिल्ला बाहिर सुर्खेतमा उपचार गर्नु परेको बताउनु भयो ।
अविरल वर्षाका कारण विभिन्न ठाउँमा क्षति भएको छ । केही दिन अघिदेखि राति वर्षा हुने र दिनमा घाम लाग्ने गरेको भए पनि निरन्तर वर्षा हुँदा क्षति भएको हो । अविरल वर्षाकै कारण अदानचुली गाउँपालिका–२ का मोहन महताराको घर भत्किएको छ । रातभर परेको पानीका कारण घर पछाडि पट्टीको पुरै पर्खाल भत्किएको छ । निरन्तर वर्षा भइरहँदा घरको पर्खालमा पानी छिरेर पर्खाल भत्किएको घरमुली महताराले जानकारी दिनुभयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…
जिल्ला प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालयले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी…
कैदीबन्दी भन्छन् - वर्षौँको चाहाना पुरा भयो !
गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको माग गर्दै आएका थिए । कैदीबन्दीको वर्षौँदेखिको माग पुरा गर्न…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–३ का २३ वर्षीय रमेश चौधरी र २८ वर्षीय सुरेश चौधरीलाई ०८१ भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…