बाढी पहिरोका कारण विद्यालयहरूमा क्षति, विद्यालय सञ्चालनमा जोखिम
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा पाँच ओटा विद्यालयको भौतिक संरचनामा क्षति पुग्नुको साथै विद्यालय उच्च जोखिममा परेका छन् । असोज १०, ११ र १२ गते परेको निरन्तर वर्षाको कारण आएको पहिरोबाट केही विद्यालयका केही कक्षा कोठामा क्षति पुगेको छ भने विद्यालयहरू पहिरोको उच्च जोखिममा परेको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी सम्झना थपलियाले जानकारी दिनुभयो ।
विदुर नगरपालिका–३ को प्रगतिशील माविको भवनको केही कोठामा क्षति पुगेको छ भने विद्यालय नजिकैको पहिरोको कारण विद्यालय भवन नै जोखिममा परेको छ । यस्तै, बेलकोटगढी नगरपालिका–८ को कल्याणीदेवी मावि, वडा नं. १३ को शक्ति मावि र वडा नं. ६ को मालिका माविको भवन नजिकै पहिरो गएकोले विद्यालय भवन जोखिममा परेको सूचना अधिकारी थपलियाले बताउनु भयो ।
बलेकोटगढी नगरपालिका–१ को बेलकोटभञ्ज्याङ माविको भवनमा विद्यालयमाथिबाट आएको पहिरोले मुख्य भवनमा क्षति पुर्याएकोले वैकल्पिक कक्षाकोठाबाट पठनपाठन सञ्चालन भइरहेको सूचना अधिकारी थपलियाले बताउनु भयो ।
धादिङ प्रतिनिधि सिताराम अधिकारीका अनुसार बेनिघाटमा दुई ओटा पुल क्षतिग्रस्त भएको र थाक्रे गाउँपालिकाका तीन ओटा विद्यालय पहिरोले क्षति पुर्याएपछि पढाइ प्रभावित भएको छ ।
पृथ्वी राजमार्गमा पर्ने बेनिघाटरोराङ गाउँपालिकाको चरौँदी र हेकलुङमा रहेको पुलमा बाढीले क्षति पुर्याएपछि ४६ जना विद्यार्थीको पढाइ प्रभावित भएको हो । बेनिघाटरोराङ गाउँपालिका-१० र गोरखा जिल्लाको गण्डकी गाउँपालिका-६ जोड्ने त्रिशुली नदीमाथिको पुल बाढीले बगाएपछि २१ जना विद्यार्थी विद्यालय आउन नपाएको शङ्खादेवी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तिलक चेपाङले बताउनु भयो ।
तुइनमात्र भएको स्थानमा विद्यार्थीहरु विद्यालय आउजाउमा समस्या परेको अवस्थामा हालिएको पुल तिनदिनको लगातारको वर्षाले बगाएपछि दैनिक विद्यालय आउनुपर्ने चेपाङ बालबालिका विद्यालय आउन नपाएका हुन् ।
लुप्राङ, हेकलुङ, थुम्का, भञ्ज्याङ गाउँबाट नियमित अध्यायनका लागि विद्यार्थीहरु जोगिमारास्थित शङ्खादेवी माध्यामिक विद्यालयमा आउने गरेका थिए । पुल बगाएपछि दैनिक विद्यालय आउनेमात्र नभएर सयौँभारी तरकारी बजार ल्याउने बाटो नै बन्द भएको हो ।
त्रिशुली नदीमा आएको ठूलो बाढीका कारण बेनिघाटरोराङ गाउँपालिका-७ चरौँदीबाट गण्डकी गाउँपालिका-७ जोड्ने झोलुङ्गे पुल बाढीले क्षतिग्रस्त पारेपछि २५ जना गोरखा क्षेत्रका विद्यार्थी विद्यालय आउन पाएका छैनन् । चन्द्रोदय मावि विशालटारमा अध्यायन गर्न आउने गोरखाका विद्यार्थीहरुलाई सास्ती भएको छ ।
थाक्रे गाउँपालिकाका तीन ओटा विद्यालयमा वर्षापछिको बाढीपहिरोले क्षति पुर्याएपछि पठनपाठन बन्द भएको छ । लितिमहाङ्काल मावि, उडुवादेवी आधारभूत विद्यालय र शिलादेवी आधारभूत विद्यालयमा क्षति पुगेकोले यसलाई बाहिरबाट संरक्षण गर्ने कार्यक्रम ल्याउन विद्यालयहरुले अनुरोध गरेको थाक्रे गाउँपालिका शिक्षा शाखाका प्रमुख दुर्गादेवी खड्काले बताउनु भयो ।
लितिमहाङ्काल माविमा २ सय ९१ जना विद्यार्थी रहेको अवस्थामा विद्यालय आउन समेत विद्यालयको पर्खाल लडेर खोलातिर पुगेका कारण विद्यालयमा विद्यार्थी आउन नसक्ने भएकाले विद्यालय नै बन्द गरिएको प्रधानाध्यापक ओमप्रसाद सापकोटाले बताउनु भयो ।
उजुवादेवी आधारभूत विद्यालयसम्म जाने बाटो नै क्षतिग्रस्त भएको विद्यालय जाने बाटो डोजर लगाएर बनाउन थालेको र विद्यालय भवन समेत क्षति पुगेको थाक्रे गाउँपालिका-७ का वडा अध्यक्ष युवराज खतिवडाले बताउनु भयो ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार वर्षाका कारण तामाकोशी नदीले विद्यालयमा क्षति पुगेपछि खिम्ती प्रोजेक्ट विद्यालयमा पढाइ अबरुद्ध भएको छ । तामाकोशी गाउँपालिका–५ किर्नैटारमा सञ्चालित खिम्ती प्रोजेक्ट माध्यामिक (संस्थागत) विद्यालयमा ३ सय ७८ विद्यार्थी पठनपाठन गर्दै आएका प्रिन्सिपल खिलाबहादुर अछामीले बताउनु भयो ।
असोज १२ गते तामाकोशी नदीले बहाव क्षेत्र परिवर्तन गरी विद्यालयको कम्पाउण्डसहित भवन र खेल मैदानसमेत लडाएको प्रिन्सिपल अछामीले बताउनु भयो । नदीले बहाव परिवर्तन गरी कटान गर्दा विद्यालयका दुई ओटा भवनमा क्षति पुगेको र विद्यालय आउजाउ गर्ने बाटोसमेत नदीले कटान गर्दा पठनपाठन बन्द गर्नुपरेको सोही विद्यालयका शिक्षक पुरुषेत्तम आचार्यले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ…