बाढीले विद्यालय बगाएपछि बालबालिका बगरमा अध्ययन गर्न बाध्य
लहँ गाविस-४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयको भवन बाढीले बगाएपछि उक्त विद्यालयमा अध्ययरत विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य भएका छन् ।
गत असार १६ गते आएको अविरल वर्षातका कारण बाढीपहिरो जाँदा विद्यालय भवन बगेपछि अध्ययनका लागि कक्षा कोठाको समस्या भएको हो । बाढीले विद्यालयका दुई ओटा भवन, शौचालय र खानेपानी ट्याङ्कीसमेत बगाएको सो विद्यालयका प्रद्यानाध्यापक बलबहादुर रावलले जानकारी दिए ।
बाढीले विद्यालय भवन बगाएपछि विद्यालय क्षेत्र बगरमा परिणत भएको छ । भवन बाढीले बगाएपछि विद्यार्थीलाई बगरमा राखेर पठनपाठन गराउन बाध्य भएको प्रअ रावलले दुखेसो पोखे ।
प्रअ रावलले भने-'पानी पर्दा र टण्टलापुर घाममा पठनपाठन बन्द गर्ने गरेका छौं ।' भवन बगाए जस्तै बाढीले विद्यार्थीलाई नै बगाउँछ की भन्ने त्रासले सताउने गरेको प्रअ रावलको भनाइ छ । विद्यार्थीलाई पठनपाठनका लागि अन्यत्र लैजाने सुरक्षित ठाउँ नभएको र बगरमा टहरा बनाउन पनि नसकिएकोले बगरमै पढाउन थालेको उनको भनाइ छ । उक्त विद्यालयमा ७४ जना बालबालिका अध्ययनरत छन् ।
विद्यालयमा बस्ने ठाउँ नहुँदा छोराछोरीलाई विद्यालय पठाउन छाडेको अभिभावक नरेश रावलले बताए । भवन नहुँदा विद्यार्थी पठनपाठनबाट वञ्चित भएको उनको भनाइ छ । विद्यार्थी बगरको चिसो बालुवामा बसेर पढ्न थालेपछि साना कक्षाका विद्यार्थीलाई रुघाखोकी, ज्वरो आउने समस्या देखिएको प्रअ रावलले बताए ।
सो विद्यालयमा अध्ययनरत कक्षा ४ की छात्रा विनिता रावलले विद्यालय बाढीले बगाएपछि नियमित कक्षा सञ्चालन नभएको बताइन् । 'हाम्रो पढाई अब कहाँ हुने हो ? विद्यालयको राम्रो व्यवस्था नहुँदासम्म बालुवामा बसेर पढ्नु पर्ने हो कि ! अन्य व्यवस्था हुन्छ थाहा छैन ।'-उनले भनिन् ।
जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले विद्यालयको भवन निर्माणका लागि विभाग र मन्त्रालयमा पत्राचार गरिएको बताए । विद्यालय तत्काल बनाउन नसकिएपनि पठनपाठनको लागि विकल्प खोज्नुपर्ने जिशिअ सिंहले सुझाव दिए ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…