बाढीले विद्यालय बगाएपछि प्रभावित क्षेत्रका विद्यालय बन्द
लास्कु खोला र महाकाली नदीमा आएको बाढीले विद्यालय बगाएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।
भदौ २४ गते राति आएको बाढीपहिरोका कारण बाढीप्रभावित क्षेत्रका विद्यालयहरु एक साताका लागि विद्यालय बन्द गरिएको हो ।
बाढीका कारण महाकाली नगरपालिका भित्रका तीन ओटा विद्यालयमा क्षति पुगेको छ । महाकाली नगरपालिका वडा नम्बर २ स्थित भुवनेश्वरी आधारभूत विद्यालय पण्डोरा, वडा नम्बर ४ बंगाबगडस्थित दशरथनगर आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय मुल्लामा क्षति पुगेको छ ।
दुई ओटा विद्यालयका भवन पूर्ण रुपमा क्षति पुगेको महाकाली नगरपालिका शिक्षा शाखा प्रमुख ईश्वरी ठगुन्नाले बताउनु भयो ।
बाढीले विद्यालय बगाएपछि विद्यार्थीलाई कहाँ पढाउने भन्ने अन्यौल भएपछि विद्यालय बन्द गर्ने निर्णय भएको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विष्टले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘विद्यालय पनि बगाएका छन् । विद्यालय आउन विद्यार्थीको लागि बाटोघाटो बन्द भएको छ । बाढीले विद्यार्थीको मनमा मनोवैज्ञानिक असर परेको कारण भदौ २६ गतेदेखि एक सातासम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।’
महाकाली नगरपालिकाले एक साता विद्यालय बन्द गरेर विद्यालय सञ्चालनको लागि वैकल्पिक व्यवस्थापन गर्ने समेत जनाएको छ ।
बाढीपहिरोका कारण ६ ओटा विद्यालयको पठनपाठन प्रभावित बनेको छ । अहिलेलाई सरस्वती आधारभूत विद्यालय श्रीवगड, हुस्कर मावि काटै, सरस्वती आधारभूत विद्यालय मुल्ला, भुवनेश्वरी आधारभूत विद्यालय पण्डोरा, दशरथ आधारभूत विद्यालय बंगाबगड र कैलाशपति आधारभूत विद्यालय बगाबगडको पढाई प्रभावित हुने शिक्षा शाखा प्रमुख ठगुन्नाले बताउनु भयो ।
बाढीले क्षति गरेको तीन विद्यालय भने अर्को व्यवस्था नभएसम्म अर्को विद्यालयमा गाभेर पढाई सञ्चालन गर्नु पर्ने बाध्यता छ ।
सरस्वती आधारभूत विद्यालय मुल्लामा ४४ जना, कैलाशपति आधारभूत विद्यालय बंगाबगडमा १ सय ९० जना, दशरथनगर आधारभूत विद्यालयमा ५७ जना र भुवनेश्वरी आधारभूत विद्यालयमा ३४ जना विद्यार्थी अध्ययनरत छन् ।
महाकाली नगरपालिका वडा नम्बर १ र २ बाट विद्यार्थी खलंगा आउन सक्ने अवस्था छैन् । छापरी, श्रीवगड, बडालीगाउँ लगायतका ठाउँबाट खलंगा आउन पुल र बाटो बगाएपछि ठप्प छ ।
बाढीले पाँच जनाको मृत्यु भएको, १० जना अझै वेपत्ता रहेका, दुई ओटा विद्यालय, डुङुरी जलविद्युत, दुई ओटा झोलुंगे पुल बगाउनुको साथै महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा गरी ४२ घर पूर्ण क्षति, नौ घर आंशिक र ४० घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर जगत गाहामगरले बताउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…