बाढीले बानीडाँडा प्राथमिक विद्यालयमा क्षति
पैयुँ गाउँपालिका–५ मा रहेको बानीडाँडा प्राथमिक विद्यालयमा साउन २४ गते राति आएको वर्षातका कारण बाढी पसेर क्षति पुर्याएको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदो पसेर विद्यालयमा क्षति पुर्याएको हो । बाढीले विद्यालयका कोठाहरू गेग्रानले भरिएका छन् । विद्यालयको भौतिक संरचनामा क्षति भएको छ ।
बाढीले क्षति पुर्याएका कारण विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था आएको पैयुँ गाउँपालिका–५ का वडा अध्यक्ष नारायण भुर्तेलले बताउनु भयो । अहिले विद्यालयमा बाढीले क्षति पुर्याएपछि छिमेकमा रहेका खाली घरमा राखेर बालबालिकालाई पठनपाठन गर्नु परेको वडा अध्यक्ष भुर्तेलले बताउनु भयो ।
खोला नियन्त्रणका लागि तत्काल पुर्वाधार निर्माण नगरे विद्यालय नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । तत्कालका लागि विद्यालय सञ्चालनमा ल्याउन स्थानीय तह मार्फत पहल भइरहेको र गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा समेत मर्मतका लागि प्रस्ताव गरिएको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो ।
विद्यालयमा बाल कक्षादेखि कक्षा ५ सम्म ३९ जना विद्यार्थी अध्ययनरत छन् । अहिले व्यवस्थापन गरेर पठनपाठन गर्न समस्या भएको अध्यक्ष भुर्तेलले बताउनु भयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…