बाढीले पुल बगाएपछि समस्यामा विद्यार्थी
असोज १० देखि १२ गते सम्मको वर्षापछि त्रिशुली बढेर झोलुङ्गे पुल बगाउँदा शहिद लखन गाउँपालिका–४ ठेउवाटारका विद्यार्थीलाई विद्यालयसम्म पुग्न समस्या परेको छ बाढीले चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी र शहिद लखन गाउँपालिका–४ ठेउवाटार जोड्ने झोलुङ्गे पुल बगाएको छ । झोलुङ्गे पुल बगाएपछि चितवनस्थित कुरिनटारको सर्वशान्ति मावि, प्रगति पाठशाला, ग्रिन फिल बोर्डिङ स्कुलमा अध्ययनका लागि जाने ८० जनाभन्दा बढी बालवालिकाले घुमाउरो बाटोको प्रयोग गर्नुपरेको छ ।
‘ठेउवाटार जोड्न दुई ओटा झोलुङ्गे पुल थिए । एउटा बगायो । अर्को जोखिममा छ ।’-स्थानीय रविन लम्सालले भन्नु भयो–‘पुल नहुँदा विद्यार्थीहरु सबैभन्दा बढी समस्यामा परेका छन् ।’ पृथ्वीराजमार्ग र ठेउवाटार जोड्ने लठ्ठा चुँडाएको झोलुङ्गे पुलबाट स्थानीय र विद्यार्थी आउजाउ गरिरहेको उहाँले बताउनु भयो । ‘धारापानी जोड्ने झोलुङ्गे पुलबाट १५ देखि २० मिनेटमा विद्यार्थी विद्यालय पुग्थे । अहिले गाउँ वल्लो छेउको पुलबाट जाँदा, आधा घण्टा बढी समय लाग्छ।’-उहाँले भन्नु भयो । ठेउवाटारका ८० जनाभन्दा बढी विद्यार्थी कुरिनटारको सर्वशान्ति मावि लगायतका चितवनतर्फका बोर्डिङ स्कुलमा अध्ययनका लागि जाने गरेको उहााको भनाइ छ ।
‘विद्यार्थीको बिहान ट्युसन हुन्छ । आएर खाना खाएर फेरि विद्यालय पुग्न सकिन्थ्यो ।’-उहाँले भन्नु भयो-‘अहिलेको वल्लो छेउको पुलबाट विद्यालय जाँदा दुई किलोमिटर धेरै हिड्नु पर्छ । फेरि यो पुलको पनि लठ्ठा चुँडिएको छ ।’
असोज २० गतेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले त्रिशुली नदीको बाढीले शहिद लखन गाउँपालिका–४ ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटार जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेकाले मोटरेवल पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग पुल महाशाखासँग माग गरेको छ ।
हरिराम उप्रेति
सम्बन्धित समाचारहरू
बर्दियामा ८९ प्रतिशत घरधुरीका उपभोक्ता खानेपानीको पहुँचभन्दा बाहिर
बर्दियामा ८९ प्रतिशत घरधुरीका उपभोक्ता सुरक्षित खानेपानीको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । खानेपानी तथा सरसफाई कार्यालय, बर्दियाको तथ्याङ्क अनुसार बर्दियामा ९४ हजार ६ सय ३० घरधुरीका उपभोक्ता सुरक्षित खानेपानीको…
नौबस्त बालसुधार गृहबाट तीन जना बालबन्दी फरार
बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहबाट तीन जना बालबन्दी ०८१ कात्तिक २६ गते फरार भएका छन् । बालसुधार गृहको 'सी' ब्लकमा राखिएका २५ जना बालबन्दी मध्ये बाँकेको…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरूको स्वास्थ्य उपचारमा समस्या !
कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको जाँच उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत एक जना स्वास्थ्यकर्मी पाँच वर्ष अगाडि अध्ययन बिदामा गएपछि अर्काे स्वास्थ्यकर्मीको व्यवस्था हुन नसक्दा कैदीबन्दीहरू नियमित स्वास्थ्य जाँच…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बारबर्दिया नगरपालिका-६ का २१ वर्षीय हरि खड्कालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ कात्तिक…
१६ घरधुरी परिवारमा खानेपानी अभाव हुँदा नागरिकहरूलाई समस्या
प्यूठान नगरपालिका-३, पिपलटाकुरा गाउँका १६ घरधुरी परिवार खानेपानी सुविधा नहुँदा समस्या भएको छ । वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नगर्दा सबै घरधुरीका नागरिकहरू बस्ती भन्दा तल रहेको थापखोलाको कुवाबाट…