बाढीले पीडित सुत्केरीलाई राहत सामग्रीको अभाव
साता अघि आएको भारी वर्षा र बाढीले कच्ची घरमा पानी, बालुवा, पाँगो पसेसँगै घरको बार भत्किनु र झरीका कारण छाना चुहिएकाले यहाँका सुत्केरीहरूलाई समस्या भएको छ ।
पसाहा खोलामा आएको बाढीले कलैया उपमहानगरपालिका-१४ को भौरा र बघवन टोलको ६ जना भन्दा बढी एक महिनाभित्रका सुत्केरी ओसिलो र हावा लाग्ने घरमा बस्न बाध्य भएकाले सुत्केरीको हातगोडा, जीउ, अनुहार, सुनिएको तथा पहेँलो भएको छ ।
शिशुलाई न्यानो कपडाको अभाव छ । झुल नभएर लामखुट्टेको टोक्ने गरेको पीडित महिलाहरूको गुनासो छ । महिला तथा बालबालिका कार्यालयकी प्रमुख अञ्जु ढुङ्गानाले बाढी र वर्षा थामिएको साता बितिसक्दा जिल्लाका सयौँ सुत्केरी यस्तै खालको समस्याबाट पीडित भएको बताइन् । सुत्केरी र पोषण क्षेत्रमा काम गर्ने निकायसँग सुत्केरीलाई चाहिने राहत दिन सामग्री छैन ।
तीन महिना भित्रका झण्डै ५ सय सुत्केरी रोगको जोखिममा रहेको उनले बताइन् । राहत सामग्रीको लागि युनिसेफलाई पत्राचार गरिएको उनले जानकारी दिइन् । 'उनीहरूलाई चाहिने राहत सामग्री नभएर अवस्था नाजुक छ ।'-उनले भनिन्-'सुत्केरीहरू सुख्खा चिउरा, भात, बिस्कुट, चाउचाउ खाएर भुइँमा बसेका छन् ।'
लक्ष्मी सोनार
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…