बाढीले पाठ्यपुस्तक बगाएका बालबालिकाको पठनपाठन प्रभावित
बाढी प्रभावित डुडुवा गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्रावि सन्तलिया, जनता आधारभूत विद्यालय पिप्रहवा, नेरा प्रावि चौफेरीका बालबालिकाहरूको पाठ्यपुस्तक बाढीले बगाउँदा उक्त विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।
साउन २७ र २८ गते आएको बाढीले बगाएका पुस्तक भदौ १२ गतेसम्म बालबालिकाले कुनै निकायबाट पाउन सकेका छैनन् । बाढी प्रभावित क्षेत्रका केही विद्यालय सञ्चालनमा आए पनि सबै विद्यालय भदौ १२ गतेसम्म सञ्चालन हुन सकेका छैनन । सञ्चालनमा आएका विद्यालयमा पाठ्यपुस्तक नहुँदा विद्यार्थी विद्यालय जान छोडेका छन् ।
डुडवा गाँउपालिकाकास्थित श्री नेरा प्रावि सन्तलिया, जनता आधारभूत विद्यालय पिप्रहवा, नेरा प्रावि चौफेरी भदौ १२ गतेसम्म सञ्चालन हुन सकेका छैनन् । भदौ १२ गतेदेखि विद्यालय सञ्चालन भएको प्रि्रहवामा ६ सय विद्यार्थी रहेको भएपनि कक्षा १ देखि ८ सम्म २९ जना विद्यार्थी मात्र विद्यालय आएका छन् ।
उक्त विद्यालयका प्रधानाध्यापक सावितराम बर्माले सबै विद्यार्थीको पाठ्यपुस्तक बाढीले बगाएको र केही काम नलाग्ने गरी भिजेको बताए । यस विषयमा जिल्ला शिक्षा कार्यालयमा जानकारी गराएपनि हालसम्म पाठ्यपुस्तक उपलब्ध नभएको प्रधानाध्यापक बर्माले गुनासो गरे ।
जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा करिब ६ हजार विद्यार्थीको पाठ्यपुस्तक नष्ट भएको छ । जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले पाठ्यपुस्तक खरिदका लागि २७ लाख रुपियाँ माग गरिएको बताउँदै छिट्टै नै पुस्तक उपलब्ध गराइने आश्वासन दिए ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…