बाढीले काठेपुल बगाउँदा बालबालिका विद्यालय जानबाट वञ्चित
खार्पूनाथ गाउँपालिका-३ स्थित कारङ्गा खोलाको काठेपुल बाढीले बगाउँदा हुम्ला मावि रायामा पठनपाठन गर्ने कारङ्गा गाउँका २० जनाभन्दा बढी बालबालिका १८ दिनदेखि विद्यालय जानबाट वञ्चित भएका छन् ।
कारङ्गा खोलामा रहेको काठेपुल जेठ २५ गते परेको अविरल वर्षाले बगाएपछि उक्त विद्यालयमा अध्यनरत बालबालिकालाई आवतजावतका लागि समस्या भएको स्थानीयवासी रती सुनारले गुनासो गरे ।
आवातजावतको एक मात्र काठेपुल बगाउँदा कारङ्गा गाउँका २० जना बालबालिका पठनपाठनबाट वञ्चित भएको स्थानीयबासी सुनारले जानकारी गराए ।
यहाँका बालबालिका बर्षौँदेखि उक्त काठेपुलबाट आवतजावत गर्ने गरेका भए पनि बाढीले पुल बगाउँदा आफ्ना बालबालिकाको पढाई प्रभावित भएको स्थानीयबासी तारा शाहीले बताइन् । हुम्ला मावि रायामा जान करिव चार घण्टाको उकालो पार गर्नु पर्ने भएकाले आफूलाई समस्या भएको कक्षा आठमा अध्यनरत पविता शाहीले गुनासो गरिन् ।
आजभोली सो विद्यालयमा दश पूर्णाङ्कको त्रराई मासिक परीक्षा सञ्चालन भएको छ, हाम्रो नम्वर पनि छुट्यो अब के गर्ने सात कक्षामा अध्यनरत भाईवला सिंहले बताइन् ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…