बाढीपहिरो प्रभावित २९ घरपरिवारलाई ४ लाख रुपियाँ बढी राहत प्रदान
सिदिङ्मा गाउँपालिका–६ मेहेलेसहितका बाढीपहिरो प्रभावित २९ घर परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहले राहत प्रदान गरेका छन् ।
बाढी पहिरो प्रभावितहरूलाई विपद् व्यवस्थापन समिति र स्थानीय सरकारले समन्वय गरी ४ लाख ३५ हजार रुपियाँ राहत प्रदान गरेको जिल्ला व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनु भयो ।
जिल्ला विपद् व्यवस्थापन समितिले जनही १५ हजारका दरले नगद राहत प्रदान गरेको प्रमुख जिल्ला अधिकारी चेम्जोङ्गले बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ, शाखाले मेहेलेका ८१ घर परिवारलाई दैनिक उपभोग्य सामाग्री ०८० असार १४ गते वितरण गरेको छ । रेडक्रस सभापति इन्द्रबहादुर गुरुङले बाढीपहिरो प्रभावितलाई दैनिक उपभोग्य सामग्री विवरण गरेको बताउनु भयो ।
जिल्ला विपद् व्यवस्थापन समितिले सिदिङ्वा गाउँपालिका–६ मेहले, वडा–७ सुरुमखिम र वडा–३ आङ्खोप सबैभन्दा बढी पहिरो प्रभावित क्षेत्र भएको जनाएको छ । असार ११ गते प्रशासनले उक्त क्षेत्रका पहिरो पीडित ६३ घर परिवालाई एक-एक थान पाल र ब्लाङ्केट, ६ घर परिवारलाई चार थान चाइनिज फेमेली टेण्ट र दुई-दुई थान कम्बल वितरण गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनु भयो ।
पहिरोको जोखिममा परेको मैवाखोला गाउँपालिकाका ६१ घर परिवारलाई पनि प्रतिपरिवार २५ केजी चामललगायतका सामग्री वितरण गरिएको छ ।
सिदिङ्मा गाउँपालिकाको पहिरोग्रस्त क्षेत्रको स्थलगत अनुगमनपछि विपद् व्यवस्थापन समिति अध्क्ष चेम्जोङले पहिरो प्रभावितहरूलाई थप राहतको आवश्यकता भएकाले सोही अनुसार योजना बनाउने बताउनु भयो ।
जिल्लामा बाढीपहिरोको जोखिममा परी दुई जना महिला र एक जना पुरूष गरी तीन जनाको मृत्यु भएको छ । दुई जना महिला र एक जना पुरूष असार १८ गतेसम्म वेपत्ता छन् । १ सय ११ ओटा घर उच्च जोखिम तथा १ सय २५ ओटा घर जोखिममा परेको प्रशासनले जनाएको छ ।
देवराज गुरुङ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…