बाढीपहिरोले भत्किएका विद्यालय पुनर्निर्माण हुन नसकेपछि पठनपाठनमा समस्या
बाढीपहिरोका कारण भत्किएका जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल अधारभूत प्राथमिक विद्यालय र खप्तडछान्ना गाउँपालिकामा–१ खाती गाउँमा रहेको जगदम्बा निमावि पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरुको पठनपाठनमा समस्या उत्पन्न भएको छ ।
गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले बेताल आधारभूत प्राथमिक विद्यालयको एक तलाको दुई कोठे भवन र दुई तलाको तीन कोठे भवन पुरै भासिएपछि पठनपाठनमा समस्या भएको हो ।
२०५४ सालमा स्थापना भएको बेताल आधारभूत विद्यालयमा हाल १ सय ७४ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
विद्यालय भित्र पठनपाठन गर्ने अवस्था नभएपछि विद्यालय नजिकै रहेका खेतहरुमा राखेर पढाउने गरेको विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘विद्यालय बन्द गरौँ भने के गर्ने ? बैकल्पिक पढाई गर्नु पर्ला भनेर नेपाल रेडक्रस सोसाइटीसँग पाल माग्न जाँदा विद्यालयमा पाल दिने व्यवस्था नभएको भन्दै रित्तै हात फर्किए । पहिरोका कारण खानेपानीका धाराहरु र शौचालय समेत पुरिएपछि विद्यार्थीहरुलाई खानेपानी र शौचालयको समेत अभाव छ ।’
खप्तडछान्ना गाउँपालिकामा–१ खाती गाउँमा रहेको जगदम्बा निमाविको आठ कोठे पक्की भवन जडारी गाडमा आएको बाढीले बगाएपछि विद्यार्थीहरुलाई खुला आकाशमा राखेर पठनपाठन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक लालबहादुर खत्रीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘विद्यालय भवन निर्माणका लागि विभिन्न निकायमा अनुरोध गरिएको छ । तर, सुनवाइ हुन सकेको छैन् । विद्यालयमा १ सय ६० जना विद्यार्थी अध्ययनरत छन् । घाम लागेको दिन विद्यार्थीहाई खुला आकाश मुनी राखेर पढाउने गरिएको छ । पानी परेको र चिसो भएका दिन पठनपाठन पूर्ण अवरुद्ध हुने गरेको छ ।’
जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष तथा बेताल आधारभूत प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर सिंहले वडा कार्यालयसँग पनि यो वर्ष विद्यालय भवन निर्माणका लागि बजेट नभएकोले समस्या उत्पन्न भएको बताउनु भयो ।
विद्यालय पुनर्निर्माण गर्न ठुलो बजेटको आवश्यकता रहेको र विद्यालयको जमिन सबै भासिएका कारण विद्यालय नै सराउनु पर्ने भएकाले अभिभावक र जग्गा दातासँग समन्वय भइरहेको समेत वडाध्यक्ष सिंहले बताउनु भयो ।
बाढीपहिरोले जिल्लाका ६५ ओटा विद्यालयमा आंशिक रुपमा क्षेति भएको र दुई ओटा विद्यालयमा पूर्ण रुपमा क्षेति भएकोले पठनपाठनमा समस्या उत्पन्न भएको सामाजिक विकास कार्यालय, बझाङका प्रमुख बिरबहादुर धामीले बताउनु भयो ।
क्षेतिको आकलन गर्दा शैक्षिक क्षेत्रका भौतिक संरचनाहरुमा १० करोड ८१ लाख रुपियाँ बराबरको क्षेति भएको विवरण सुदूरपश्चिम प्रदेश सरकारलगायत सरोकारवाला निकायममा पठाइसकिएको धामीले बताउनु भयो ।
सम्बन्धीत निकायहरुबाट विद्यालय मर्मत तथा पुनर्निर्माणका लागि विषेश बजेटको व्यवस्था नभएसम्म तत्तकाल समस्या समाधान गर्न नसकिने भएकोले बैकल्पिक विधि तथा व्यवस्था गरेर विद्यालयको पठनपाठन सुचारु गरिने समेत धामीको भनाई छ ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…