बाढीपहिरोबाट मृत्यु भएका पीडित परिवारले राहत नपाएको गुनासो
रुकुम पश्चिममा बाढीपहिरोमा परी मृत्यु तथ बेपत्ता व्यक्तिका परिवारले राहत रकम नपाएको गुनासो गरेका छन् । बाढीपहिरोले साउन १ गते ज्यान गुमाएका परिवारले एक महिन पुग्न लाग्दा पनि सरकारबाट राहात रकम पाउन नसकेको पीडित परिवारको गुनासो छ ।
आठबीसकोट नगरपालिका–१२ का चार जनाको मृत्यु, मुसिकोट नगरपालिका–७ का एक जना बेपत्ता, आठबीसकोट नगरपालिका–१२ का एक जना बाढीमा परेर बेपत्ता भएका छन् । सरकारबाट पाउने आर्थिक सहयोग नपाएको मृतक तथा बेपत्ता परिवारले बताएका छन् । साउन १ गते विहान आएको बाढीले टहरामा पुरिएर मृत्यु भएकी आठबीसकोट नगरपालिका–९ की चार वर्षीया मनिष सार्कीका बुबा लालबहादुर सार्कीले एक महिना बित्दा पनि राहत रकम पाउन नसकेको बताउनु भयो । भूकम्पछि बनाएको अस्थायी टहरा बाढीले पुरेपछि छोरीको मृत्यु भएको र संस्थाले सामान्य राहत सामाग्री दिए पनि सरकारबाट पाउन नसकेको उहाँले गुनासो गर्नुभयो । वडा कार्यालय, प्रहरी कार्यालयबाट चाहिने कागजात बनाएर स्थानीय तहमा दिइसके पनि राहत नपाएको उहाँले बताउनु भयो ।
बाढीका कारण सोही दिन बेपत्ता हुनुभएका डिल्लीबहादुर बुढाथोकीकी छोरी रेनुकाले सरकारले दिने राहतका विषयमा परिवारका सदस्यलाई जानकारी नभएको बताउनु भयो । अहिलेसम्म बुबाको लाश र सासको जानकारी नभएको बेला कतैबाट पनि राहत नपाएको गुनसो गर्नुभयो । विपद् पीडित उद्धार राहतसम्बन्धी मापण्ड २०७७ अनुसार घटनाको ३० दिनभित्र मृतक तथा बेपत्ता परिवालाई राहत उपलब्ध गराउनु पर्ने प्राब्धान छ । तर घटना घटेको ३१ दिन पुग्दा समेत जिल्ला प्रशासन कार्यालयमा राहतका लागि निवेदन स्थानीय तहको सिफारिस प्राप्त भएको छैन ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले विपद्का घटनामा मृत्यु तथा बेपत्ताका परिवारलाई मापदण्ड अनुसार दिनुपर्ने राहतका लागि निवेदन समयमै नआउँदा निकाशा हुन नसकेको बताउनु भयो । सरकारले बाढीपहिरोका कारण ज्यान गुमाएका बेपत्ताका परिवारलाई २ लाख रुपियाँ सहयोग दिने व्यवस्था छ । बेपत्ता भएका व्यक्ति १० दिनसम्म फेला नपरे मृतक सरह रातह उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय छ । सिफारिससहित कागजात आए तत्काल मृतक तथा बेपत्ता परिवारको हकदारलाई राहत रकम उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी पन्तले बताउनु भयो ।
कर्णाली प्रदेश सरकारको तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीको विशेष उपस्थितिमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको साउन २३ गतेको बैठकले छिटोभन्दा छिटो पीडित परिवारलाई राहत रकम दिने निर्णय गरेको थियो । मृतक तथा बेपत्ता परिवारलाई आर्थिक सहयोग गर्न स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय र सिफारिस, वडा कार्यालयको सिफारिस, मृत्यु दर्ता, राहत प्राप्त गर्ने नजिकका हकवालासँग मृतकको नाता प्रमाणित, नागरिकता, चेकको फोटोकपी, घटनास्थलको मुचुल्का, लाशको प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्ट पेश गरेपछि राहत रकम पाउने प्रमुख जिल्ला अधिकारी पन्तले बताउनु भयो ।
आठबीसकोट नगरपालिका–१२, झिन्चौरमा बाढीले अस्थायी टहरा बगाउँदा धनुष पुन, हितमाया पुन, आठबीसकोट नगरपालिका–९ की मनिषा सार्कीको पुरिएर मृत्यु भएको हो । डिल्लीबहादुर बुढाथोकी बेपत्ता हुनुभएको थियो । मुसिकोट नगपालिका-७ का तेजबहादुर बुढाको बाढीका कारण साउन ३ गते चुनखोलामा बगेर मृत्यु भएको थियो । सोही दिन बाढीले बगाउँदा चन्दै पुनको मृत्यु भएको जिल्ला प्रशासनले जनाएको छ ।
बासुदेव शर्मा
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…
जिल्ला प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालयले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी…
कैदीबन्दी भन्छन् - वर्षौँको चाहाना पुरा भयो !
गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको माग गर्दै आएका थिए । कैदीबन्दीको वर्षौँदेखिको माग पुरा गर्न…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–३ का २३ वर्षीय रमेश चौधरी र २८ वर्षीय सुरेश चौधरीलाई ०८१ भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…