बाढीपहिरोका कारण १० दिनदेखि दर्जनौँ बस्ती अन्धकारमा
असोज १२ गते आएको वर्षापछिको बाढी र पहिरोका कारण बिजुलीका ट्रान्सफर्मर, पोल र तारमा क्षति पुगेपछि दर्जदौँ बस्ती पूर्ण अन्धकार भएका छन् । विद्युत नहुँदा टेलिफोन सेवा अबरुद्ध भएको छ । त्यसैगरी स्वास्थ्य संस्थालगायतमा बिजुलीको उपयोग गरी प्रदान गरिने सेवा रोकिएको छ ।
पहिरोले ट्रान्सफर्मर, पोल र तारमा क्षति गरेपछि अझै सुनकोशी गाउँपालिकाको वडा नं. ४, ५ र फिक्कल गाउँपालिकाको वडा नं. ६ मा विद्युत पुग्न सकेको छैन । दशैँअघि नै विद्युत वितरण गर्ने गरी काम सुरु गरिएको नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले जानकारी दिनु भयो ।
'अझै पनि सुनकोशी गाउँपालिका-४ मा एउटा ट्रान्सफर्मरमा विद्युत पुर्याउन बाँकी रहेको छ । एउटा ट्रान्सफर्मर बगाएकाले ति बस्तिमा विद्युत पुर्याउन चुनौतीपूर्ण रहेको छ ।'-उहाँले भन्नु भयो-'सुनकोशी गाउँपालिका-५ मा रहेका सात ओटा ट्रान्सफर्मर र फिक्कल गाउँपालिका-६ नम्बर वडामा रहेका १२ ओटा ट्रान्सफर्मरमा लाइन पुर्याउन सकिएको छैन ।'
दशैँ नजिकिएसँगै कामदार समेत पाउन नसकिएको र अहिले काम गरिरहेका कारमदारलाई पनि नियमित काममा लगाउन समस्या भएको भन्दै पर्याप्त कामदारको अभावमा पनि स्थानीयको सहयोगमा यति बेला लाइन धेरै बस्तिमा पुर्याएको उहाँले बताउनु भयो । 'विद्युत प्राधिकरणको मात्र एक्लो प्रयासले हो भने एक महिनाभन्दा बढी लाग्ने थियो भने स्थानीयको सहयोगमा चाडै लाइन पुर्याउन सफल भयो ।'-उहाँले भन्नु भयो ।
विद्युतमा मात्रै बाढी पहिरोले ३ करोड रुपियाँभन्दा बढीको क्षति पुर्याएको उहाँको भनाइ रहेको छ । सिन्धुलीको सुनकोशी नदीको तटिय क्षेत्रमा रहेका ट्रान्सफर्मर, पोल तार बगाएको र ति स्थानमा विद्युत वितरण गर्न केही समय लाग्ने समेत उहाँले बताउनु भयो ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…