बाढीपहिरोका कारण बेथानचोक गाउँपालिका भवनमै क्षति (फोटो फिचर)
बेथानचोक गाउँपालिकाको कार्यालय भवनमा बाढीले क्षति पुर्याएपछि दैनिक काम गर्नसमेत कठिन भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यालयका विभिन्न शाखाका कार्यकक्षमा लेदो सहितको बाढी पसेर क्षति पुर्याएको हो ।
गाउँ कार्यपालिकाको भवनको एक तला लेदो सहितको बाढीले क्षति पुर्याएपछि दैनिक कामकाज गर्न निर्माणाधीन माथिल्लो तलाबाट सेवा प्रवाह गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताउनु भयो ।
‘विपद्को बेला सेवा प्रवाह रोक्दा झनै समस्या उत्पन्न हुने हुँदा जहाँबाट जसरी हुन्छ काम गर्नुपर्छ भनेर हामीले दिनरात नभनी काम गरिरहेका छौँ । कार्यालयमा उपलब्ध जे–जति स्रोत साधन छ । त्यसैको अधिकतम प्रयोग गरी सेवा प्रवाह गरिरहेका छौँ ।’–उहाँले भन्नु भयो ।
बाढीले कार्यपालिकाको भवनको भुइँतलामा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा लगायत महत्वपूर्ण शाखाहरू थिए । बाढीले कार्यालयमा भएका महत्त्वपूर्ण कागजात, कम्प्युटर लगायत इलेक्ट्रिक सामान, फर्निचर लगायत पूर्ण रूपमा क्षति पुगेको छ । ‘डुबानले गर्दा कार्यकक्षका साथै महत्वपूर्ण कागजपत्र, अभिलेखमा राखिएका जिन्सी किताबमा समेत असर पुर्याएको छ ।’–प्रशासन अधिकृत विश्वनाथ दाहालले भन्नु भयो ।
उहाँले ३ हजार ७ सय २७ घरपरिवार बाढी र पहिरोबाट प्रभावित भएका प्रारम्भिक तथ्याङ्क रहेको बताउनु भयो । त्यसैगरी विपदमा ९ हजार ९ सय १६ जना महिला र ८ हजार ९ सय ४० जना पुरुष गरी १८ हजार ८ सय ५६ जना विपद्मा परेका छन् । बेथानचोक गाउँपालिकामा सो विपद्मा परी १३ जनाको मृत्यु भएको पनि प्रशासन अधिकृत दाहालले बताउनु भयो । विपद्का कारण २ सय ४५ घरपरिवार विस्थापित भएको गाउँपालिकाको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ ।
तीन ओटा विद्यालय पूर्ण क्षति र २३ ओटा विद्यालय भवनमा आंशिक क्षति पुगेको पनि दाहालले बताउनु भयो । त्यसैगरी एउटा स्वास्थ्य चौकी पूर्ण क्षति र पाँच ओटा स्वास्थ्य चौकीमा आंशिक क्षति पुगेको जनाइएको छ ।
बेथानचोकको कार्यपालिका भवन मात्र नभएर वडा कार्यालय भवनमा समेत क्षति पुगेको छ । बेथानचोकको २, ३, ४ र ५ नं वडा कार्यालयमा बाढी र पहिरोले क्षति पुर्याएको छ । ३ नं र ५ नं वडा कार्यालयको भवन वरपर पहिरो आएर क्षति पुगेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बारबर्दिया नगरपालिका-६ का २१ वर्षीय हरि खड्कालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ कात्तिक…
१६ घरधुरी परिवारमा खानेपानी अभाव हुँदा नागरिकहरूलाई समस्या
प्यूठान नगरपालिका-३, पिपलटाकुरा गाउँका १६ घरधुरी परिवार खानेपानी सुविधा नहुँदा समस्या भएको छ । वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नगर्दा सबै घरधुरीका नागरिकहरू बस्ती भन्दा तल रहेको थापखोलाको कुवाबाट…
जिल्ला अस्पतालको अक्सिजन प्लान्ट मर्मत नहुँदा बिरामी मर्कामा
जिल्ला अस्पताल, बाजुरामा रहेको अक्सिजन प्लान्ट बिग्रिएको दुई महिना बितिसक्दा समेत मर्मतसम्भार नगरिदा स्वासप्रस्वार तथा दमलगायतका बिरामीहरु मर्कामा परेका छन् । अस्पतालमा रहेको अक्सिजन प्लान्ट मेशीनमा खरावी आएपछी दुई महिनासम्म…
तीन महिनादेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित
खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे आधारभूत विद्यालय तीन महिनादेखि बन्द हुँदा पठनपाठन प्रभावित भएको छ । थामेबाट ०८१ साउन ३२ गते आएको बाढीले विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षति भएर…
उद्योगबाट निस्कने खरानीयुक्त धुलोले प्रदुषण फैलिएको भन्दै स्थानीय धर्नामा
देवचुली नगरपालिका–२ मा रहेको चौधरी उद्योगबाट निस्किएको धुलोले प्रदुषण फैलिएको भन्दै यसको नियन्त्रणको माग राख्दै स्थानीयले उद्योग परिसरमा कात्तिक २५ गते धर्ना दिएका छन् । उद्योग वरपरका स्थानीयले उद्योगबाट निस्कने…