अविरल वर्षाका कारण जनजीवन प्रभावित
अविरल वर्षाका कारण सहिदनगर नगरपालिका-४ महुलिया टोलका ५२ घर डुबानमा परेका छन् भने जनजीवन प्रभावित भएको छ ।
०८१ साउन ४ गते राति परेको पानीको उचित निकास नहुँदा घरहरू डुबानमा परेका छन् । पानी निकास हुने ठाउँमा पक्की बाटो बनाएपछि घरभित्र पानी पसेको ४० वर्षीय रामदेव यादवले बताउनु भयो । “बाढीका कारण स्थानीयले प्राथमिक उपचार समेत पाएका छैनन्”–उहाँले बताउनु भयो ।
स्थानीयवासी राम उद्गार यादवले डुबानका कारण खान बस्नुको साथै बालबालिकाहरूलाई विद्यालय आउ जाउ गर्न समेत समस्या भएको बताउनु भयो । साउन २५ गते एक पाँच वर्षीय बालक पानीमा डुबिरहेको अवस्थामा स्थानीयहरूले बचाएको उहाँले बताउनु भयो । समस्या बारे स्थानीय सरकारलाई पटकपटक जानकारी गराएपनि अहिलेसम्म कुनै व्यवस्था नगरेको स्थानीयहरूले गुनासो गर्नु भयो ।
घरहरूभित्र वर्षाको पानी पसेर खाद्य वस्तुहरू पूर्ण रुपमा नष्ट हुनुका साथै विषालु सर्पको त्रास पनि बढ्दै गएको स्थानीय २५ वर्षीया ललिता शाहले बताउनु भयो भने अविरल वर्षाको प्रभावका कारण आफ्नो घर छाडी विगत १२ दिनदेखि आफन्तको घरमा बस्दै आएको ३४ वर्षीया शिला महाराले दुःखेसो सुनाउनु भयो ।
इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोषकुमार यादवले घटनास्थलमा पुगी पीडितहरूको समस्या बुझ्दै वडा अध्यक्ष रामनारायण मुखियासँग पीडितहरूको समस्या समाधानका विषयमा छलफल गर्दा “हामी पानीको निकासका लागि काम गरिरहेका छौं र दुई दिनभित्र यो समस्या समाधान हुने” प्रतिबद्धता जनाएको बताउनु भयो ।
त्यस्तै इलाका प्रहरी कार्यालय यदुकुहाका इन्सपेक्टर राजकिशोर शाहको अनुसार नेपाल प्रहरी टोलीले डुबानमा परेका स्थानीयहरूसँग समन्वय गर्दै आएको बताउनु भयो।
सन्तोषकुमार यादव
सम्बन्धित समाचारहरू
धुलिखेल–खावा सडक नबन्दा सर्वसाधरणलाई सास्ती !
धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक सम्झौताको मिति सकिएको पाँच महिना बितिसक्दा पनि निर्माण नसकिएपछि अरनिको राजमार्ग हुँदै काभ्रेपलाञ्चोककै विभिन्न स्थानीय तह, सिन्धुपाल्चोक, दोलखा र रामेछाप लगायतका जिल्लामा यात्रा गर्ने…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल मखुण्डोल बस्ने ३५ वर्षीया शशीकला राईको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय भक्तिराज राईलाई भदौ २४ गते गिरफ्तार गरेको छ…
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…
जिल्ला प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालयले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी…