बटुवाले धमिलो पानी पिउन बाध्य
कर्णाली नदी छेउछाउका होटल व्यवसायी र पैदल यात्रुु वर्षातको समयमा कर्णाली नदीको धमिलो पानी पिउन बाध्य भएका छन् । स्वच्छ खानेपानीको व्यवस्था नहुँदा अन्य विकल्प नभएपछि कर्णाली नदीको धमिलो पानी पिउनु पर्ने बाध्यता रहेको बाटो हिड्ने बटुवाले गुनासो गर्ने गरेका छन् ।
०७९ वैशाख महिनादेखि यात्रुुहरूले दक्षिणी हुम्लाको कर्णाली नदीको छेउछाउमा पैदल यात्रा गर्दा धमिलो पानी पिउनु पर्ने बाध्यता रहेको पैदल यात्रु अर्जुन बोहराले बताउनु भएको छ । यो समय गर्मी धेरै हुने तर बाटोमा स्वच्छ खानेपानीको व्यवस्था कतै नभएका कारण माटोको लेदो र बालुुवा भएको पानी पिउनुुपर्ने बाध्यता भएको यात्रु बोहराले गुनासो गर्नु भयो ।
यो समस्या बाजुुरा जिल्लासँगको सिमाना कवाडीदेखि खार्पुुनाथ गाउँपालिकाको छारेसम्म रहेको छ । बाढी–पहिरो जाने र हिमालको हिउँ पग्लने भएका कारण खोलानाला र नदीको पानी बाक्लो लेदोसहित धमिलो हुँदै आएको छ ।
खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाको सिमाना छारेमा आठ वर्षदेखि होटल व्यवसाय संचालन गर्दै आएकी बाटुुल्ली रावलले बर्षेनी बर्षाको बेला कर्णाली नदीको धमिलो पानी प्रयोग गर्दै आएको बताउनु भयो ।
पहिला खानेपानीको व्यवस्था भए पनि बाटो पर्ने भएका कारण आफूहरू होटल बन्द गरेर घर गएको बेला खानेपानीको लाइनमा आगलागी भएपछि पानी आउन बन्द भएकाले नदीको धमिलो पानी प्रयोग गर्दै आएको गुनासो गर्नु भयो ।
खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाको सिमाना छारेसम्मको बाटोमा ठाउँठाउँमा ४०/५० ओटा चिया तथा खाना खाने होटल रहेका छन् । यी चिया तथा खाना खाने होटलका व्यवसायी र उक्त होटलमा आउने यात्रुले पनि नदिको धमिलो पानी पिउने गर्दछन् ।
आफू मात्र नभई होटलमा आउने ग्राहकले खाना, चिया नास्ता जे खाए पनि सोही धमिलो पानी प्रयोग गर्ने गरेको होटल व्यवसायी रावलले बताउनु भयो । कुुनै ग्राहकले आफूसँग भएको कपडाले छानेको पानी पिउने गरे पनि अधिकांशले नदिको धमिलो पानी प्रयोग गर्दै आएका छन् । पानी पिउने मात्र नभई सरसफाइदेखि बाटो हिड्ने पशुुवस्तुुले समेत उक्त पानी प्रयोग गर्नुपर्ने बाध्यता छ ।
छारे हुँदै प्रतिदिन करिब दुुई सय मानिस र एक सय खच्चड आउजाउ गर्छन् । ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले भरसक धमिलो पानी प्रयोग नगर्न र गर्नैपर्ने भए छानेर, उमालेर वा पीयूष प्रयोग गर्न सुुझाव दिनु भएको छ ।
बाटोमा हिड्ने बटुवाका लागि विभिन्न स्थानमा पानीको व्यवस्थाका लागि स्थानीय तहलाई बजेट नभएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल बताउनु हुन्छ । उहाँले भन्नु भयो पिउने पानीको व्यवस्थापन गर्ने हो भनेपनि सार्वजनिक धाराको सुरक्षा नुहँदा पैदल यात्रुले दुःख पाउँदै आएका छन । उक्त समस्या विगत २०/२५ वर्ष अघिदेखिको भएको अध्यक्ष रावलले जानकारी दिनु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…