बाजुरामा ७ सय ८५ जना बालबालिकामा कुपोषण 

जिल्ला स्वास्थ्य कार्यलय बाजुराको तथ्याङ्क अनुसार जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या ७ सय ८५ रहेको छ ।

दुई महिनाको अवधिमा गरिएको नापतौलको सर्वेक्षणले यस्तो देखाएको हो । जम्मा ४ हजार ३ सय ६८ जना बालबालिकाको नाप तौल गर्दा जिल्ला भरी कुपोषित बालबालिकाको सङ्ख्या ७ सय ८५ रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका पोषण संयोजक अशोककुमार सिंहले बताए ।

कडा कुपोषण भएका बालबालिकालाई ओपिडीमा नै राखेर उपचार गरिरहेको र केहीको उपचार गराई सकेर घर पठाइएको पनि उनले बताए । कुपोषित बालबालिकाको उपचार रुगिन, गोत्री, कोल्टी, मार्तडी, टाँटे र डोगडी स्वास्थ्य चौकीमा गरिरहेको बताइउको छ । संयोजक सिंहले बाजुरा जिल्ला कुपोषित बालबालिकाको छिट्टै उपचारको लागि नेपाल सरकारको रणनीति भन्दा पनि फरक रणनीतिका साथ लागि रहेको बताए ।

एक वर्षभित्र कुपोषित बालबालिका पत्ता लगाई छिट्टै यसको उपचार गर्न जिल्ला स्वास्थ्य कार्यलय प्रतिबद्ध रहेको उनले जानकारी दिए । जिल्लामा अहिले १३ हजार ५ सय ६१ जना बालबालिका रहेको बताउँदै उनले सबै ठाउँमा स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने जानकारी दिए ।


पदम सिंह