बाजुरामा दलित आयोग विधेयकमाथि सुझाव सङ्कलन

  ०७३ माघ २६ गते

व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले तयार पारेको राष्ट्रिय दलित आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७३ बारे बाजुरामा पुगेको एक टोलीले  सुझाव सङ्कलन गरेको छ ।

व्यवस्थापिका संसदका ६ जना सांसदको सहभागिता रहकेा टोलीले माघ २५ गते सदरमुकाम मार्तडीमा स्थानीय स्तरमा कार्यरत राजनीतिक दल र अन्य सरोकारवालासँग सुझाव लिएको हो ।

राष्ट्रिय दलित आयोगको काम कर्तव्य र अधिकार बारे रहेका विषयहरूलाई पहाडमा बसोबास गर्ने दलितलाई समेट्न सके नसकेको बारेमा छलफल गर्न बाजुरामा कार्यक्रमको आयोजना गरिएको सामाजिक न्याय तथा मानव अधिकार समितिकी सदस्य सांसद कमला घिमिरेले बताइन् ।

 


पदम सिंह