बाजुरामा अत्यावश्यक औषधिको अभाव
बाजुरा जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिको अभाव भएको छ । स्थानीय तहहरू मिलानसँगै औषधिको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा निशुल्क दिनु पर्ने ७० प्रकारका औषधि भित्र चाहिने डिस्पोजेबल सिरिञ्ज, आइरन चक्की, सिटामोल पनि हो ।
यस अघिका वर्षहरूमा साउन १५ सम्ममा औषधि खरीद टेण्डर प्रक्रियामा गैसक्थ्यो अहिले माथिबाट कुनै प्रक्रिया नभएको र सबै जिम्मा स्थानीय तहहरूलाई दिइएकाले टेण्डर प्रक्रिया नै सुरू नभएको कुँवरले बताए ।
'अघिल्लो अर्थिक वर्षको पैसाले केही मात्रामा औषधि किनेका छौँ । ठाउँठाउँमा पुर्याउन भौगोलिक विकटताको कारणले समस्या भएको छ ।'-जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रूपचन्द्र बिकले भने ।
अब पनि औषधि किन्ने प्रक्रिया सुरू नगरे औषधिको चरम अभाव हुने जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख बिकले जानकारी दिए ।
नेपाल सरकारले निशुल्क रूपमा जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ४५ किसिमका औषधिहरू बिरामीलाई उपलब्ध गराउनु पर्ने ब्यवस्था छ ।
यो भन्दा पहिले ७० प्रतिशत मन्त्रालयले, १० प्रतिशत क्षेत्रीय स्वास्थ्य निर्देशनालयले र २० प्रतिशत जिल्ला स्वास्थ्य कार्यालयले खरिद प्रक्रिया अगाडि बढाउँथ्यो । अहिले २० प्रतिशत स्थानीय तहहरूले खरिद गर्ने व्यवस्था रहेको अधिकृत रमेश कुँवरले बताए ।
पदम सिंह
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…