बागेश्वरीका विद्यार्थी खुल्ला चौरमा पठनपाठन गर्न बाध्य

  ०७९ असोज ९ गते

खार्पुनाथ गाउँपालिका–५ स्थित बागेश्वरी आधारभूत विद्यालयको नयाँ भवन निर्माण गर्ने कार्य गरिएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । साउनको पहिलो हप्तादेखि उक्त विद्यालयको पाँचकोठे भवन निर्माणाधिन अवस्थामा रहेकाले विद्यार्थीहरू खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् ।

पठनपाठनका लागि अन्य विकल्प नभएको उक्त विद्यालयका विद्यार्थीहरू खुला चौरमा पठनपाठन गर्दै आएका छन् । हुम्लामा नियमित पानी परेपछि चौरमा हुने पठनपाठन प्रभावित भएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

तीनवर्षदेखि कोरोना कहरले प्रभावित भएका विद्यार्थीको पठनपाठनमा थप प्रभाव पर्ने भएको बागेश्वरी आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत छात्र धनविर भण्डारीले गुनासो गर्नु भयो ।

नियमित वर्षात भएको समयमा विद्यार्थीहरूलाई दुईकोठे पुरानो भवनमा कक्षा एकदेखि आठसम्मका १ सय ५ जना विद्यार्थीहरू कोचाकोच हुने गरि अध्ययन गर्न बाध्य भएका छन् । प्रदेश सरकारको गत आवको २०७७/०७८ को १५ लाख बजेटबाट निर्माण कार्य सञ्चालन भइरहेको प्रद्यानाध्यापक गणेश शाहीले जानकारी दिनु भयो ।

यस अघि पुरानो ६ कोठे भवन जिर्ण अवस्थामा रहेको र त्यसलाई भत्काउने कार्य गरेपछि हाल नयाँ भवन निर्माण गर्दा केही समय विद्यार्थीलाई खुला चौरमै पठनपाठन गर्नुपर्ने बाध्यता रहेको प्रद्यानाध्यापक शाहीको भनाई छ ।
Photohumla20220925InsecsktInsecskt@00##00##


नन्द सिंह