बागमती प्रदेशसभाका सभामुखसमक्ष नागरिक सम्मेलनद्वारा पारित घोषणापत्र बुझाइयो

बागमती प्रदेश सभाका सभामुख समक्ष नागरिक सम्मेलनद्वारा पारित घोषणा पत्र ०८० असोज २४ गते बुझाइएको गरिएको छ । नागरिक सम्मेलनले पारित गरेको १३ बुँदे घोषणा पत्र गैसस महासङ्घ बागमती प्रदेश अध्यक्ष आरती पाठकले प्रदेश सभामुख भुवनकुमार पाठकलाई बुझाउनु भएको हो ।

Photo_080-6-23_Makwanpur2

राज्य सञ्चालनको विद्यमान अवस्थामा आइपुग्दा देश र आम नागरिकहरूले भोग्नु परेको अवस्थाहरूलाई मध्यनजर गर्दै नागरिक आवाज विहिनताको स्थितिलाई सम्बोधन गर्न बागमती प्रदेशका नागरिक अगुवाहरूको उपस्थितिमा उठान भएका विचारहरूलाई मनन् गर्दै हेटौँडामा ०८० असोज २१ गते आयोजित बृहत नागरिक सम्मेलनले जारी गरेको १३ बुँदे घोषणपत्र बागमती प्रदेशसभाका सभामुखसमक्ष बुझाउनु भएको हो ।

जारी घोषणा पत्रमा तीनै तहका सरकारले नागरिकको मौलिक हकहरू अझै कुण्ठित गर्ने खालका नीतिनियम तथा कार्यक्रम सञ्चालन गरेको महसुस भएकोले यस प्रक्रियामा बृहत नागरिकहरूको संलग्नता सुनिश्चित गर्नु पर्ने र स्थानीय तह, प्रदेश तह र सङ्घीय तहमा प्रशासनिक संरचनाहरूले नियम, नियमावली तथा निर्देशिका र परिपत्रमार्फत सामाजिक सङ्घसंस्थाको गतिविधिहरूमा अंकुश लगाउने गलत अभ्यासको अन्त्य गर्नु पर्ने कुराहरू राखिएको छ ।

विश्वजलवायु परिवर्तनका कारण बालबालिका, महिला, ज्येष्ठ नागरिक, अल्पसङ्ख्यक, अपाङ्गता भएका समुदाय गरिबीको रेखामुनि रहेको समुदायमा बढ़ी प्रभावित भएकोले यसको न्यूनीकरणका लागि तीनै तहका सरकार, विकास साझेदार संस्थाहरू र विश्व समुदायलाई भरपर्दो स्रोतको व्यवस्थापन तथा जलवायु अनुकुलनका कार्यक्रम सञ्चालन गर्न उक्त घोषणा पत्रद्वारा माग गरिएको छ ।

अध्यक्ष पाठकले यो घोषणा पत्र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पनि हस्तान्तरण गर्ने बताउनु भयो ।

हस्तान्तरण कार्यक्रममा गैसस महासङ्घका केन्द्रीय सचिव बुद्धशरण लामा, इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी र गैसस महासङ्घ, मकवानपुर शाखा अध्यक्ष रमिला सापकोटाको उपस्थिति रहेको थियो ।

Photo_080-6-23_Makwanpur


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा