बागमती प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न

  ०७९ असोज २६ गते

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा तर्फको प्रत्यक्ष तर्फको उम्मेदवारी फिर्ता लिने अन्तिम दिन असोज २६ गते बागमती प्रदेशका जिल्लामा उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएको छ ।

यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका केही स्वतन्त्र र केही पार्टीका समेत उम्मेदवारले उम्मेदवारी  फिर्ता लिएको इन्सेक प्रतिनिधिहरूले जनाउनु भएको छ ।

इन्सेक रामेछाप प्रतिनिधि नवराज पथिकका अनुसार जिल्लामा दुई जना स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता भएको छ । जिल्लामा निर्वाचन आयोगले मनोनयन फिर्ता लिन समय तोकेको दिन दुई जना स्वतन्त्र उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिनुभएको हो । नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाट उम्मेदवार बनेका आफ्नै उम्मेदवारको विरुद्ध बागी उम्मेदवारी दिएका माओवादी नेताहरूले उम्मेदवारी फिर्ता लिनुभएको हो । आफ्नै पार्टीका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका माओवादीका नेता रवीन्द्र पौडेल र डिल्लीमान तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । त्यस्तै गठबन्धन भित्रै बागी उम्मेदवारी दर्ता गर्नुभएका माओवादीका नेता रामकुमार लामाले पनि आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छैन । एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्यका लागि निर्वाचन हुने रामेछापमा प्रतिनिधिसभा सदस्य तर्फ २२ जना, प्रदेश १ मा १२ जना र प्रदेश २ मा १३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जस मध्ये प्रदेश १ का एक जना र प्रदेश १ का एक जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका आइटी शाखाका नवराज घिमिरेले बताउनुभयो ।

इन्सेक प्रतिनिध सीताराम अधिकारीका अनुसार जिल्लामा प्रदेश सभातर्फ उम्मेदवारी दिएका सात जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेहरूमा प्रतिनिधि सभा तर्फ निर्वाचन क्षेत्र नं १ का अजय रिमाल र क्षेत्र नं २ का रमेश धमला र परशुराम तामाङ तथा प्रदेश सभा तर्फ क्षेत्र नं १ को १ बाट ज्ञानेन्द्र सिलवाल क्षेत्र नं २ को १ बाट नारायण पोखरेलऽ धनबहादुर घले र चक्रबहादुर शाह रहेका छन् ।

इन्सेक रसुवा प्रतिनिध हेमनाथ खतिवडाका अनुसार जिल्लामा निर्वाचन आयोगले मनोनयन फिर्ता लिन समय तोकेको दिन तीन जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिनुभएको छ । सत्ता गठबन्धनले केन्द्रीय तहबाट दबाब दिएपछि प्रतिनिधि सभा सदस्यका लागि एक जना तथा प्रदेश सभामा उम्मेदवार रहेका दुई जना गरी तीन जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताउनुभयो । प्रतिनिधी सभा सदस्यका लागि शिवप्रसाद लामिछाने, प्रदेश १ मा सनथ देवकोटा र २ मा रामप्रसाद न्यौपानेले मनोनयन फिर्ता लिएका हुन् ।

इन्सेक ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार जिल्लामा प्रतिनिधि सभातर्फ तीन जना र प्रदेश सभाका पाँच जना स्वतन्त्र उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिनुभएको छ । प्रतिनिधिद सभा क्षेत्र नं.  १ प्रदेश सभा (१) मा स्वतन्त्र १ जनाको उम्मेद्वारी फिर्ता भएको छ भने (२) मा ६ ओटा राजनीतिक दल र नौ जना स्वतन्त्रको उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिनुभयो । प्रदेश १ मा राजु आले मगरले उम्मेद्वारी फिर्ता लिनु भएको हो । क्षेत्र नं.  १ प्रतिनिधि सभातर्फ २१ जना मध्ये राजनीतिक दलका ११ र स्वतन्त्र १० जनाको उम्मेद्वारी कायम रहेको छ । प्रदेश सभा (१) मा ५ ओटा राजनीतिक दल र ७ जना स्वतन्त्र गरी १२ जनाको र (२) मा ६ वटा राजनीतिक दल र ९ जना स्वतन्त्रको उम्मेद्वारी कायम रहेको निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो ।
क्षेत्र नं. २ मा १ जनाले उम्मेद्वारी फिर्ता लिनु भएको छ । स्वतन्त्र उम्मेद्वारी दिएका प्रेमबहादुर महर्जनले फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । प्रदेश १ मा १ जनाले फिर्ता लिनु भएको छ । फिर्ता लिनेमा स्वतन्त्र उम्मेद्वार रामगोपाल सिं रहेको बताइएको छ । प्रदेश २ मा ११ जनाकै उम्मेद्वारी कायम रहेको छ ।
क्षेत्र नं.  २ प्रतिनिधि सभामा तर्फ २२ जना मध्ये राजनीतिक दलका १४ र स्वतन्त्र ८ जनाको उम्मेद्वारी कायम रहेको छ । प्रदेश सभा (१) मा ८ ओटा राजनीतिक दल र १ जना स्वतन्त्र गरी ९ जनाको र (२) मा ८ वटा राजनीतिक दल र ३ जना स्वतन्त्र ११ जनाको उम्मेद्वारी कायम रहेको सहायक निर्वाचन अधिकृत दिनेश पौडेलले जानकारी दिनुभयो ।
क्षेत्र नं.  ३ प्रतिनिधि सभमा तर्फ २ जना, प्रदेश सभा (१) मा १ जना र (२) मा ९ जनाको मनोनयन कायम भएको सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पाण्डेयले जानकारी दिनुभयो । प्रतिनिधिसभातर्फ हरि श्रेष्ठ र शरदकुमार महर्जनले उम्मेद्वारी फिर्ता लिनु भएको छ भने प्रदेश १ बाट जगतलाल महर्जनले उम्मेद्वारी फिर्ता लिनु भएको छ । अब क्षेत्र नं. ३ प्रतिनिधि सभातर्फ २० जना, प्रदेश सभा (१) मा ११ जना र (२) मा ९ जनाको उम्मेद्वारी कायम रहेको सहायक निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिनुभयो ।


इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडा