बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि राष्ट्रियसभा मतदान सुरु

  २०८० माघ ११

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि राष्ट्रियसभा मतदान हेटौँडास्थित भुटनदेवी माविको प्राविधिक भवनमा ०८० माघ ११ गते सुरु भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश सभाका १ सय १० जना सदस्य र स्थानीय तहकाका प्रमुख र उपप्रमुख गरी २ सय ३७ जना रहेका छन् । मतदान स्थलमा दुई केन्द्र र आठ बुथ रहेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा १५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगका अनुसार बागमती प्रदेशमा महिला समूहका लागि चार राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि चार राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट गरी जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो ।

आयोगका अनुसार बागमती प्रदेशमा एक जना महिला सदस्यको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट रोच कुमारी चौलागाईं, नेपाली कांग्रेसका तर्फबाट विष्णु देवी पुडासैनी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट बालकुमारी डल्लाकोटी र नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्ण लक्ष्मी दुवालको मनोनयन दर्ता भएको थियो ।

त्यसैगरी एक जना दलित सदस्य पदको निर्वाचनका लागि नेकप एमालेका तर्फबाट ध्रुवराज विश्‍वकर्मा, नेकपा (एकिकृत समाजबादीका) तर्फबाट घनश्याम रिजाल, नेपाल मजदुर किसान पार्टीका तर्फबाट सङ्गिता नेपाली र अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदायको एक जना सदस्य पदको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट विवेक देवकोटा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट श्रीकृष्ण प्रसाद अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट भरतमणी भट्ट र नेपाल मजदुर किसान पार्टीका तर्फबाट हिमालयश्वर लाल मुलको मनोनयन दर्ता भएको थियो ।

त्यसैगरी आयोगले अन्य समूहको एक सदस्य पदको निर्वाचनक लागि नेकपा एमालेका तर्फबाट त्रिलोचन निर्मल पौडेल, नेपाली कांग्रेसका तर्फबाट जित जङ्ग बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट हेम जङ्ग गुरुङ र नेपाल मजदुर किसान पार्टीका तर्फबाट श्रीकृष्ण महर्जनको उम्मेदवारी दर्ता भएको थियो ।

मतदानको कार्यक्रम बिहान ९ बजेदेखि ३ बजेसम्मका लागि निर्धारित समयमा तोकिएको छ ।

Photo_080-10-11_Makwanpur

Photo_080-10-11_Makwanpur.,,


पुष्पराज अधिकारी