बागमती प्रदेशको मौन अवधि पूर्वको पर्यवेक्षण विश्लेषण

  ०७९ वैशाख २७ गते

नेपालमा संविधानसभाबाट नेपालको संविधान घोषण भएपछि नेपाल सात प्रदेशसहितको सङ्घीय संरचनामा प्रवेश गरेपछिको स्थानीय दोस्रो तहको निर्वाचन वैशाख ३० गते हुँदैछ ।

नेपालको संविधान २०७२ कार्यान्वयनका लागि २०७४ वैशाख ३१ गतेबाट तीन चरणमा स्थानीय तहको निर्वाच्न भएर सङघीयताको अभ्यास भइसकेको छ ।

स्थानीय तहको पाँच वर्से कार्याकाल २०७९ जेठ ६ गतेबाट सकिने हुँदा दोस्रो कार्यकालको लागि जेठ ५ गते भित्र स्थानीय जनप्रतिनिधि निर्वाचित भइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सोही व्यवस्थालाई कायम राख्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारले २०७८ माघ २४ गते सबै स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा देशैभरी गर्ने निर्णय गर्‍यो ।

मन्त्रीपरिषद्को निर्णय अनुसार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि निर्वाचन तालिका सार्वजनिक गर्‍यो ।

निर्वाचन आयोगले स्थानीय निर्वाचन २०७९ को लागि २०७८ चैत २५ गतेदेखि निर्वाचन आचार संहिता लागु गरेको छ ।

आयोगले तयार गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते, दाबि विरोध १३ र १४ गते, १५ गते उम्मेदवारविरुद्धको दाबी विरोधको छानबिन र वैशाख १६ का निर्वाचन वितरण गरी सकेको छ ।

निर्वाचनको पूर्व तालिका अनुसारका सबै कार्यक्रम सम्पन्न भई मतदान हुनु अघिको मौन अवधि पनि वैशाख २७ गते मध्यरातिबाट सुरु भइसकेको छ ।

यस प्रदेशमा तीन ओटा महानगरपालिका, एक ओटा उपमहानगरपालिका, ४१ ओटा नगरपालिका र ७४ ओटा गाउँपालिका गरी १ सय १९ पालिकाको प्रमुख उपप्रमुख तथा १ हजार १ सय २१ ओटा वडामा तेतिनै सङ्ख्यामा वडाअध्यक्ष, महिला सदस्य र दलित महिला सदस्य तथा दुई जना खुल्ला सदस्य तर्फ २ हजार २ सय ४२ जना गरी जम्मा ५ हजार ८ सय ४३ पदका लागि निर्वाचन हुँदैछ ।

जसमा १७ लाख ७ हजार ९ सय ४२ जना महिला, १७ लाख ४ हजार ८ सय ९८ जना पुरुष र २९ जना अन्य गरी कूल ३४ लाख १२ हजार ८ सय ६९ जना मतदाता रहेका छन् ।

यस प्रदेशको स्थानीय तह निर्वाचनका लागि १ हजार ७ सय ९२ मतदान स्थल र ४ हजार ९५ ओटा मतदान केन्द्र रहका छन् ।

जसमध्ये ३ सय १० ओटा मतदान स्थललाई अतिसंवेदनशील र ६ सय ७१ ओटा मतदान स्थललाई संवेदनशील भनि आयोगले वर्गिकरण गरेको छ ।

‘स्थानीय तह निर्वाचन निर्देशिका (२०७३) दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ ।

निर्देशिकाको दफा ६० को (१)मा मौन अवधि सुरू भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन ।’

निर्वाचन सामाग्री सबै मतदान केन्द्रमा

यसैबीच स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि बागमती प्रदेशका सबै जिल्लामा आवस्यक निर्वाचन सामाग्री बुझेर कर्मचारी तोकिएको मतदान केन्द्रमा पठाइसकिएको निर्वाचन कार्यालय बागमती प्रदेशका लुम्बनाथ अधिकारीले बताउनु भएको छ ।

उहाँले सबै मतदान केन्द्रमा वैशाख २७ गतेभित्र खटिनु पर्ने भएकाले पनि कर्मचारीहरूलाई वैशाख २६ गतेदेखिनै मतपेटीका, मतपत्र, लगायतका सामाग्री बुझाएर मतदानस्थल पठाउने कार्य भएको जानकारी दिनु भयो ।

प्रमुख अधिकारीले वैशाख २८ र २९ गते मतदाता शिक्षका लागि नमुना मतदान अभ्यास गराउने, मतदाता परिचय पत्र वितरण गर्ने, मतदान केन्द्रको भौतिक संरचना निर्माण गर्ने, राजनीतिक दलका प्रतिनिधिहरूको नामावली सङ्कलन र परिचय पत्र वितरण गर्ने लगायतका सबै प्रशासनिक कार्य सम्पन्न भइसक्ने समेत बताउनु भयो ।

यस प्रदेशमा निर्वाचन आचार संहिता विपरीतका कार्य भएको भनेर २ सय भन्दा बढी उजुरी प्राप्त भए पनि गम्भीर प्रकृतिका नभएकोले स्पष्टीकरण सोध्ने बाहेकका थप कारबाही नभएको उल्लेख गर्नु भयो ।

Photomakawanpur20780126 Photo1makawanpur20780126


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा