बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० साउन २६ गते सन् २०२३ को दोस्रो तीन महिना (अप्रिल देखि जुनसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ ।
बागमती प्रदेशको अभिलेख अनुसार सन् २०२३ को दास्रो तीन महिनाको अवधिमा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय ७० जना महिला सहित ३ सय ६० जना पीडित भए । जसमा राज्यपक्षबाट घाइते, कुटपिट र अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लङ्घनको घटनामा २१ जना महिला सहित ७७ जना पीडित भए । अभिलेखित घटना अनुसार भेला अभिव्यक्ति स्वतन्त्रताका घटनामा आठ जना महिला सहित ४४ जना घाइते भए । यस अवधिमा एक जनाको कारागारमा मृत्यु भयो ।
तथापि अन्यपक्षबाट हुने मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा महिला तथा बालबालिका पीडित भएका छन् । विशेष गरी महिला तथा बालिकाहरू बलात्कार तथा यान जन्य हिंसाका घटनामा पीडित भएका छन् । यस अवधिमा तीन वर्षीया बालिकादेखि ५७ वर्षीया महिलासम्म यौनजन्य हिंसाबाट पीडित भए ।
यसैगरी अन्यपक्षबाट ४७ जना पुरुष र २ सय ३८ जना महिला गरी २ सय ३८ जना पीडित भए । अभिलेखित घटना अनुसार ६ जना महिलासहित १७ जनाका हत्या भयो । यस अवधिमा सबैभन्दा बढी बाल अधिकार उल्लङ्घनका घटनामा १ सय ६ जना बालबालिका र महिला अधिकार उल्लङ्घनका घटनामा ७४ जना महिला पीडित भए । जसमध्ये ५४ जना बालिका बलात्कार, तीन जना बालिका बेचबिखन र २८ जना बालिका यौन दुर्व्यवहारबाट पीडित भए । साथै, महिलाविरूद्ध हुने हिंसाका घटनामा ७४ जना महिला पीडित भए । जसमध्य २४ जना बलात्कार, ११ जना बलात्कार प्रयास र चार जना यौन दुर्व्यवहारका घटनामा पीडित भए ।
यसअघि विभिन्न पकारका मानव अधिकार तथा ज्यादतीका घटनामा सलग्न आरोपितहरूमाथि पनि कानुनी कारबाही हुन नसक्नु लगायतका कारणले ज्यादतीका घटना कम हुन सकेको छैन । महिला र बालबालिका माथि हुने हिंसाका घटना न्यूनीकरणका लागि स्थानीय सरकारले पनि स्पष्ट नीति ल्याउन नसक्नु तथा रोजगारीको अवसर नहनु तथा बेरोजगार जनशक्ति बढ्नुले पनि महिला र बालबालिका माथि हुने हिंसा बढेर गएको हो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित समाचारहरू
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ…