बागमती प्रदेशको बजेटः 'एक माध्यमिक विद्यालय, एक नर्स' कार्यक्रमको लागि ३० करोड ७४ लाख विनियोजन
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै 'एक माध्यमिक विद्यालय, एक नर्स' कार्यक्रमको लागि ३० करोड ७४ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले ०८० असार १ गते ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार गरी आगामी आर्थिक वर्ष भित्र कक्षा १२ सम्म सञ्चालन गर्नको लागि उक्त बजेट विनियोजन गरेको बताउनु भयो ।
सामुदायिक शिक्षा गुणस्तरीय बनाउन ११ करोड बजेट छुट्याएको छ भने सामुदायिक विद्यालय भवन निर्माण तथा सुधारको लागि ६१ करोड छुट्याएको छ ।
'बागमती प्रदेश स्वास्थ्य प्रदेश' भन्ने नाराका साथ स्वास्थ क्षेत्रमा ४ अर्ब ७ करोड रुपियाँ बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गर्दै उहाँले अस्पतालमा विशेषज्ञ डाक्टर सहितको सेवामा जोड दिने बताउनु भयो ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमका लागि ६ करोड रुपियाँ विनियोजन गरेको उहँले बताउनु भयो । प्रदेशका तीन ओटा अस्पतालमा सिटी स्क्यान र मेमोग्राफी मेसिन वितरण गर्ने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्नातकोत्तर तहको अध्यापनको सुरुवात गर्ने, प्रतिष्ठानका लागि १२ करोड ३२ लाख रुपियाँ विनियोजन गरिने मन्त्री लामाले बताउनु भयो ।
गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि निशुल्क हवाई सेवा उपलब्ध गराउने मन्त्री लामाले उल्लेख गर्नुभयो ।
सामाजिक विकास मन्त्रालयलाई ४ अर्ब बजेट छुट्याइएको छ । चेपाङको पहिचानसँग जोडिएको चिउरी र चमेरा संरक्षण कार्यक्रम प्राथमिकतामा राखिएको लामाले बताउनु भयो । 'प्रदेशमा महिला पहिला' भन्ने कार्याक्रम लागु गरिने भएको छ ।
आगामी आर्थिक वर्षदेखि तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गरिने भएको छ ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…