बाँसको भाटा प्रहारबाट पत्नीको हत्या

रुपाकोट मझुवागढी नपा-३ स्थित माइतीघरमा बस्दै आएकी हलेसी तुवाचुङ नपा-१० की ५० वर्षीया आइसरी राईलाई ६० वर्षीय पति मकरध्वज राईले बाँसको भाटा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पति पत्नीबीच घरायसी विषयमा विवाद हुँदा चैत १२ गते पतिले प्रहार गरेको बाँसको भाटाले लागेर पत्नीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले जानकारी दिए ।

घटना लगत्तै आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम चैत १३ गते जिल्ला अस्पताल, दिक्तेलमा गरिएको छ ।


सुनिता मगर