बाँदरमुढे घटननाका पीडितहरूले अझै राहत पाएनन्
चितवनको माडी स्थित बादरमुढे घटनाका पीडितहरूले अझै राहत नपाएको भन्दै गुनासो गरेका छन् । तत्कालीन नेकपा माओवादीले २०६२ साल जेठ २३ गते ना १ ख ३२४५ नम्बरको सार्वजनिक बसमा विष्फोट गराउँदा घटना स्थलमै ३८ जनाको मृत्यु भएको थियो भने ७५ जना घाइते भएका थिए ।
घटना भएको १४ वर्ष बितिसक्दा पनि आफन्त गुमाएका र अपाङ्गता भएकाहरूले कुनै राहत नपाएको भन्दै राज्यबाट अन्यायमा परेको गुनासो गरेका छन् ।
राहतको सट्टा पीडितलाई आहात बनाइएकोे भन्दै बाँदरमुढे घटनाका पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले चिन्ता ब्यक्त गरे ।
न्यौपानेका अनुसार उक्त घटनामा घाइते भएका १५ जनाले अहिले पनि औषधि सेवन गरिरहेको र सात जना मानसिक रोगबाट ग्रसित रहेका छन् । उनीहरूको औषधि उपचारमा राज्यबाट समेत बेवास्ता गरिएको न्यौपानेको आरोप छ ।
तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल चितवन जिल्लाको क्षेत्र नं. ३ का सासंदमा निर्वाचित भएको भएपनि हालसम्म विभिन्न आश्वासन बाहेक कुनै किसिमको राहत नदिएको पीडितहरूले बताए ।
अध्यक्ष दाहालले मृतकका परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ति र बालबालिकालाई पढाइदिने भन्दै सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
सहमति पत्रमा घाइतेको अवस्था हेरी औषधि उपचारको व्यवस्था गर्ने र घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा बाँदरमुढेमा १० विगाह जमीनमा नमूना सङ्ग्राहलय बनाउने उल्लेख थियो ।
हरेक वर्ष झैँ यस वर्ष पनि पीडित परिवारका सदस्यहरूले घटना स्थलमा धुपवत्ति बालेर मृतकहरूको सम्झना गरेका छन् ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…