बाँइराका गाउँलाई नदीकै दुषित पानीको भर
तातोपानी गाउँपालिका–१ बाँइराका गाउँका मिनबहादुर शाहीका पाँच दशक तिला नदीकै दुषित पानी पिउदै आउनु भएको छ । अहिले गाउँमा लिफ्टमार्फत् तिला नदीको पानी पुगे पनि पर्याप्त छैन । अझै खोलाकै पानीको भर छ, उहाँले भन्नुभयो ।
बाबु बाजेले खोलाकै पानी खाए, हामीले पनि खाँयौं । उहाँले भन्नुभयो, “बाइराँका गाउँमा पानी पुर्याउने विषय चुनावी एजेण्डा मात्र बन्यो । हाम्रो दैनिकी फेरिएन । हरेक चुनावमा हुने पानी राजनीतिले निकास दिन सकेन । तर पछिल्लो समय धौलीगाड आयोजना बन्ने कुराले उत्साहित भएका छौं ।”
बाबु बाजेदेखि हामीले दूषित पानी खायौं । अब राष्ट्रिय महत्वको खानेपानी आयोजना बन्ने कुराले पछिल्लो पुस्ताले स्वच्छ पानी पाउँछ कि भन्ने आशा पलाएको शाहीको भनाइ छ ।
पानीले काकाकुल बाँइराका स्थानीय अहिले पनि तिला नदीको पानीको सहारामा बाँचिरहेका छन् । धन्न हामी बाँचेका छौँं । रोग लागेको छैन । बाँइराका गाउँकी स्थानीय महिला छुमकली सार्कीले भन्नुभयो, “बाइराँकामा पानी पुर्याउने २०६४ सालदेखि अहिलेसम्मका संघीय सांसददेखि स्थानीय तहका वडाध्यक्ष आश्वासन दिए । तर पानी पुगेन । जनसंख्या बढ्दै छ । पानीको स्रोत कतै छैन । तीनै तहका सरकार हाम्रा समस्याप्रति अनुदार देखिएनन् । हाम्रो प्यासको कसैलाई मतलव छैन । संविधानले दिएको स्वच्छ पानी पिउने अधिकार नै कुण्ठित भएको छ ।”तर अब केही वर्षमा खानेपानी अभावका दुःखबाट मुक्ति पाइने आशा पलाएको छ । पानी नपुगेको बस्ती बाइराँकामा चाडैँ पानी पुर्याइदिन समेत उहाँले आग्रह गर्नुभयो ।
गाउँमा खानेपानी नहुँदा बाँइराका गाउँका झण्डै १२० घरधुरी नै नदीको दूषित पानी पिउन बाध्य छन् । पानी पुर्याई दिने नाममा नेताले बाँइराकाबासीलाई भोट बैंकका रूपमा प्रयोग मात्रै गर्ने गरेका छन् । स्थानीय बचन शाहीले भन्नुभयोे, “गाउँमा पुगेको लिफ्टले प्रतिघरमा ४० लिटरमात्रै पानी भर्न मिल्छ । पर्याप्त खानेपानी, सरसफाई गर्ने पानी छैन । हिउँद वर्षामा बग्ने तिलाकै दूषित पानी हाम्रो सहारा हो । काकाकुल गाउँको प्यास मेटाउन धौलीगाडलाई सम्पन्न गर्न सबैले सहयोग गर्नुको विकल्प छैन ।”
धौलीगाड खानेपानी आयोजनाले बाइराँकाबासीले दशकौंदेखिको हाम्रो प्यास मेटाउने आशा पलाएको उहाँले बताउनु भयो । यद्यपि दोस्रो मेलम्चीका रूपमा परिचित आयोजना समयमै सम्पन्न होस् ।
खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाँइराका गाउँमा तिला नदीको पानी लिफ्टमार्फत खाई रहेका छन् । त्यो पानी खान योग्य हो, होइन ल्याव टेष्ट गरिएको छैन । स्थानीयले ल्याव टेष्टको लागि माग पनि गरेका छैनन् । माग नभएर पनि हामीले छिट्टै ल्याव टेष्ट गर्ने योजना बनाएका छौँ । उहाँले भन्नुभयो, खानेपानीको समस्या भएपछि सौर्य उर्जाबाट लिफ्ट मार्फत नदीको पानी गाउँमा पुर्याएको हो । त्यो जेनेरेटर विग्रेर लिफ्ट प्रणाली अवरुद्ध थियो । सोलार पाता राखेर लिफ्ट प्रणाली चालु गरिएको हो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका लेखापाल सन्तोष चौलागाईंले बृहत धौलीगाड खानेपानी आयोजना आगामी आर्थिक वर्षमा आवश्यक बजेट सुनिश्चित भएको खण्डमा र नागरिकले निर्माणमा कुनै बाधा अचड्न नल्याएमा आगामी २०८१ मै आयोजनाको काम सकिने बताउनु भयो । आयोजनाको १ अर्व २६ करोड ८ लाख ४९० रुपियाँ बजेट रहेको छ । चन्दननाथका १० वडा, गुठीचौरका ३ वडा र तातोपानीका ६ वडाका ८ हजार ६९५ घरधुरीका ४४ हजार १६३ जनसंख्या आयोजनाबाट लाभान्वित हुने भएका छन् ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…