बहुविवाह घटनाबाट पीडित महिला न्याय खोज्दै सदरमुकाममा
कुडारी गाविस-६ राउतवाडाकी ३२ वर्षीया कमला योगी पतिले दोस्रो विवाह गरेको भन्दै न्यायको खोजीमा भदौ २९ गते सदरमुकाम आएकी छन् ।
उनका ३५ वर्षीय पति लालुनाथ योगीले भदौ २ गते चन्दननाथ नपा-७ की २० वर्षीया आशा महतसँग बहुविवाह गरेको पीडितले आरोप लगाएकी छन् । पतिले दोस्रो विवाह गरेपछि कान्छी पत्नीसहित सदरमुकाममा बस्दै आएको पनि पीडित महिलाले बताएकी छन् ।
न्याय खोज्दै सदरमुकाम आएकी पीडितलाई इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले कानुनी सहयोगका लागि अल्पकालीन महिला सेवा केन्द्रमा पुर्याई पीडितलाई आवश्यक सहयोग गरिदिन अनुरोध गरेको इन्सेक मध्यपश्चिमाञ्चलले जनाएको छ ।
पतिले दोस्रो विवाह गरेपछि तीन जना छोरीसहित आफूलाई पालनपोषण, स्वास्थ्य उपचार र शिक्षामा वास्ता नगरेपछि न्यायका लागि सदरमुकाम आउनु परेको कमलाले बताइन् । उनले भनिन्-'आधा सम्पत्ति र छोरीसहित आफूले पाउनुपर्ने आफ्नो नाममा नामसारी गरिदिए मुद्दा नगर्ने र त्यसो नगरे अंश पाउने गरी बहुविवाहको मुद्दा दर्ता गर्ने बताइन् ।
पीडितको विषयमा भदौ ३० गते महिला तथा बालबालिका सेवा केन्द्र, जुम्लामा दुइ पक्षबीच छलफल गर्ने र त्यसपछि बहुविवाहको जाहेरी दर्ता गर्ने अल्पकालीन महिला सेवा केन्द्र जुम्लाकी अध्यक्ष भगवती श्रेष्ठले बताइन ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…