बहुविवाह घटनाका आरोपित जोडी गिरफ्तार

फेदाप गाउँपालिका-२ ओयाक्जुङकी ३० वर्षीया राधिका अधिकारीका पति ४२ वर्षीय युवराज अधिकारी र मेन्छ्यायेम गाउँपालिका-५ बस्ने २५ वर्षीया लिला गुरागाईँलाई बहुविवाह गरेको आरोपमा प्रहरीले जेठ ३० गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलाले जेठ २५ गते दिएको उजुरीपछि आरोपितद्वयलाई जेठ ३० गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बासुदेब यादवले बताए ।

उनीहरूले एक महिना अघि भागेर विवाह गरेको पीडित राधिकाले दिएको उजुरीमा उल्लेख गरिएको छ ।


भगिश्वर लिम्बू