बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७३ साउन २५ गते

थुमाकोडाँडा गाविस-५ घर भई पोखरा उमनपा-१४ चाउथेमा बस्ने २५ वर्षीय केशव विकलाई बहुविवाह गरेको आरोपमा साउन २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

 

गत असार २७ गते घाचोक गाविस-१ की २२ वर्षीया शान्ति परियारसँग विवाह गरेको आरोपमा केशवकी पत्नी २४ वर्षीया लक्ष्मी विकले साउन २३ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

 

उजुरीका आधारमा केशव र शान्ति दुवै जनालाई गिरफ्तार गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


विष्णुप्रसाद अधिकारी