बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७४ फागुन २३ गते

बहुविवाह गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका-७ मर्थापुरका ३५ वर्षीय ओमनाथ केवट र सोही ठाउँकी ४० वर्षीया इन्द्रकली लोनियालाई फागुन २१ गते गिरफ्तार गरेको छ ।

आरोपित केवटले २९ वर्षीया पत्नी पुष्पा केवट हुँदाहुँदै इन्द्रकलीलाई फागुन ११ गते भगाएर फरार रहेको र फागुन २० गते साँझ घरमा लिएर आएको भनी पीडित महिलाले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बहुविवाहसम्बन्धी उजुरी दिएकी थिइन् ।

पीडित महिलाको उजुरीका आधारमा प्रहरीले आरोपितद्वयलाई फागुन २१ गते गिरफतार गरी कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।


रीमा बि.सी.