बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-४ आर्दशनगरका २५ वर्षीय इश्वरी शाहीलाई फागुन ६ गते गिरफ्तार गरेको छ ।
२५ वर्षीया पत्नी अस्मिता शाहीले आफू हुँदाहुँदै आरोपितले गुल्मीको अर्खले घर भई बुटवल उमनपा-६ ट्राफिक चोक डेरा गरी बस्ने २४ वर्षीया पुष्पा खनाललाई माघ १० गते भगाएर फरार रहेको र फागुन ५ गते राति घरमा लिएर आएको भनी फागुन ६ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि प्रहरीले आरोपितद्वयलाई फागुन ६ गते बुटवलबाटै गिरफ्तार गरी कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए ।
त्यसैगरी बहुविवाह गरेको आरोपमा प्रहरीले देवदह नपा-४ का ३२ वर्षीय प्रेमसागर मुसहरलाई फागुन ६ गते गिरफ्तार गरेको छ ।
आरोपित मुसहरले पत्नी र दुई सन्तान हुँदाहुँदै पतिले सैनामैना नपा-६ की २९ वर्षीया पार्वती मुसहरलाई माघ ३ गते भगाएर फरार रहेको र फागुन ६ गते बिहानै घरमा लिएर आएको भनी आरोपितकी ३२ वर्षीया पत्नी सीता मुसहरले फागुन ६ गते नै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि आरोपितद्वयलाई फागुन ६ गते देवदह खैरेनीबाट गिरफतार गरिएका इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए ।
त्यसैगरी बहुविवाह गरेको आरोपमा प्रहरीले देवदह नपा-१२ का २९ वर्षीय सुरेशबहादुर थापा क्षेत्रीलाई फागुन ६ गते आरोपितको घरबाटै गिरफ्तार गरेको छ ।
आरोपित सुनवल नपा-४ नवलपरासीकी २३ वर्षीया दिपीका कुँवर क्षेत्रीलाई माघ १४ गते भगाएर फरार रहेको र फागुन ५ गते साँझ घरमा लिएर आएको भनी आरोपितकी २७ वर्षीया पत्नी सुन्दरी थापा क्षेत्रीले फागुन ६ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको उजुरीका आधारमा प्रहरीले आरोपित पतिलाई फागुन ६ गते देवदहबाटै गिरफ्तार गरिएको र आरोपित दीपिका कुँवर फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…