बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह घटनाका आरोपित डुङ्गेश्वर गाउँपालिका-१ बेलपाटाका २१ वर्षीय जगतबहादुर थापामगर र महाबु गाउँपालिका-२ गैडावाजकी १९ वर्षीया नन्दा थापा मगरलाई प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ ।

उनीहरूले बहुविवाह गरेको भन्दै जगतबहादुरकी जेठी पत्नी टीका गुरुङले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर एकीन्द्रबहादुर खड्काले बताए । उनले अनुसन्धान सुरू भइसकेको बताए ।

जगतबहादुर थापा मगरले माघ १९ गते नन्दा थापा मगरसँग बहुविवाह गरेको जगतबहादुरकी जेठी पत्नी नन्दा थापाले बतइन् ।


अमर सुनार