बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका-७ स्थित डाँडाफयाका २४ वर्षीय सुवास सिंहलाई पुस २२ गते गिरफ्तार गरेको छ ।

आरोपित सुवासकी २३ वर्षीया पत्नी सुशीला सिंहले प्रहरीसमक्ष आरोपितद्वय मङ्सिर १८ गते गाउँबाटै भागेर विवाह गरेको उजुरी दिएकी थिइन् ।

पीडित महिलाले पुस २५ गते आरोपितद्वयको खोजी कार्य गरी छलफल गरिपाउँ भनेर जिल्ला प्रहरी कार्यलयमा उजुरी गरेकी थिइन् ।

पीडितको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई नामखा गाउँपालिकाबाट गिरफ्तार गरिएको र उनीसँग विवहा गरेकी १७ वर्षीया बालिका फरार रहेको जिल्ला प्रहरी कार्यालयका असई मोहन बस्नेतले बताए ।


नन्द सिंह