बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले शुद्धोधन गाउँपालिका-१ का २७ वर्षीय सञ्जु मल्लाहलाई असोज ४ गते आरोपितको घरैबाट गिरफ्तार गरेको छ ।

 

घरमा आफू हुँदाहुँदै आरोपित मल्लाहले भारतको महाराजगञ्जकी २१ वर्षीया रीना मल्लाहसँग भदौ १२ गते विवाह गरेको भन्दै पीडित महिला उर्मिला मल्लाहले असोज ४ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएकी थिइन् ।

 

पीडित महिलाको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि आरोपित सञ्जुलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी डिल्लीनाराण पाण्डेले बताए । आरोपित रीना फरार रहेकाले खोजी सुरू गरिएको प्रहरीले जनाएको छ ।


रीमा बि.सी.