बहुविवाह घटनाका आरोपित गिरफ्तार

बलेफी गाउँपालिका-५ सिरानटोलका ३४ वर्षीय कुमार श्रेष्ठ र सोही ठाउँकी जमुना गुवाजुलाई बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख २८ गते गिरफ्तार गरेको छ ।

३० वर्षीया सविना श्रेष्ठले दुई वर्षअघि बहुविवाह गरेको आरोपमा उनले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितद्वयविरुद्ध उजुरी दिएकी थिइन् ।

आरोपितहरूलाई कानुन अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण केसीले बताए ।


नातिबावु धिताल