बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७३ चैत ३० गते

बहुविवाह गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा-१ का ३९ वर्षीय आनन्द रावल र ठूलीभेरी नपा-५ की २८ वर्षीया शान्ति शाहीलाई चैत २९ गते गिरफ्तार गरेको छ ।

आनन्द रावलकी जेठी पत्नी ३७ वर्षीया पबित्रा रावलले आफू घरमा हुँदाहुँदै आरोपितद्वयले चैत २ गते ठूलीभेरी नपा-५ की शान्ति शाहीसँग नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा अर्को विवाह गरेको भन्दै कारवाहीको लागि प्रहरी चौकी त्रिपुराकोटमा चैत २० गते उजुरी दिएकी थिइन् ।

जेठी पत्नीबाट आनन्दका एक छोरा र एक छोरी रहेका छन् । प्रहरी चौकी त्रिपुराकोटका इन्चार्ज रोमहर्षसिजवालले बहुविवाह घटनाका आरोपित दुवैलाई गिरफ्तार गरिएको बताए ।


बिष्णुप्रसाद देवकोटा