बहुविवाह घटनाका आरोपित गिरफ्तार

दरबारदेबिस्थान-४ का २६ वर्षीय मनोहर महोत्रालाई बहुविवाह गरेको आरोपमा प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ ।

२५ वर्षीया शान्ता महोत्राले पतिविरुद्ध जिल्ला प्रहरी कार्यालयमा माघ १० गते उजुरी दर्ता गरेपछि प्रहरीले पीडितको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका अर्सइ सत्यनारायण यादवले बताए ।

पीडित शान्ताले आफू घरमा हुँदाहुँदै मङ्सिर १५ गते २५ वर्षीया सीता कुँवरलाई अर्को विवाह  गरेको भन्दै उजुरी दर्ता गरेको प्रहरीले जनाएको छ ।


टोपलाल अर्याल