बहुविवाह घटनाका आरोपित गिरफ्तार
छिन्नमस्ता गाविस-३ गोबिन्दपुरकी २४ वर्षीया फतमा खातुनका पति २५ वर्षीय अफजल मियाँ र उनकी कान्छी पत्नी २१ वर्षीया हमीदा खातुनलाई प्रहरीले बहुविवाहको आरोपमा पुस २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी पुस २८ गते दर्ता गरी आरोपितहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नारायणप्रसाद भट्टर्राईले जानकारी दिए । आरोपित अफजलले मोरङ रंगेली-१ की हमीदासँग ०७३ पुस २२ गते विवाह गरेको थाहा पाएपछि बहुविवाहमा कारबाही गर्न माग गर्दै उजुरी दिएको पीडित महिलाले बताइन् ।
यसैबिच बहुविवाहको आरोपमा गिरफ्तार प्रसवनी गाविस-२ का ३४ वर्षीय परशुराम साह तेलीलाई जिल्ला अदालतले पुस २९ गते ३० हजार धरौटी लिई तारेखमा रिहा गरेको छ । अर्का आरोपित उनकी कान्छी पत्नी १९ वर्षीया आशाकुमारी साहलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको स्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
२७ वर्षीया कविता साहको उजुरीमा जिल्ला प्रहरी कार्यालयले बहुविवाहको आरोपमा पुस १४ गते आरोपितहरूलाई गिरफ्तार गरेको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार…
१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !
जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, यदुकुहामा उजुरी दिनुभएको छ । पीडित…
यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद…
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले…