बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७३ पुस १४ गते

बहुविवाह घटनाका आरोपित ठेहे गाविस-१ का २४ वर्षीय कुशल परियारलाई प्रहरीले पुस १३ गते गिरफ्तार गरेको छ ।

परियारकी २० वर्षीया पत्नी गीता परियारले नाम ठेगाना थाहा नभएकी महिलासँग पतिले अर्को विवाह गरेको आरोप लगाउँदै गत मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएकी थिइन् ।

तीन वर्षअघि विवाह गरी अध्ययनका लागि काठमाडौँ गएका पतिले अर्को विवाह गरेको गीताले आरोप लगाइन् ।

पढन गएका कुशलले दोस्रो विवाह गरेपछि पर्वत जिल्लाको धारिङ गाविसस्थित लस्सी गाउँमा काम गरि बस्दै आएको अवस्थामा पर्वत प्रहरीको सहयोगमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका असई मोहन बस्नेतले बताए ।

गिरफ्तार गरिएका कुशललाई हुम्लामा ल्याउने तयारी भइरहेको असई बस्नेतले जानकारी दिए ।


नन्द सिंह